एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक « Khabarhub

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक


२७ भदौ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले शतक बनाएका छन् । १०३ बलको सामना गर्दा चार छक्का र ८ चौकाका मद्दतमा उनले शतक पूरा गरेका हुन् । आशिफ १०६ बलमा १०२ रन बनाउँदा आउट भएका छन् । उनी हैदर अलीको बलमा क्याच आउट भएका हुन् ।

पाँचौ क्रममा ब्याटिङ गर्न गुल्सन झा आएका छन् । ३७ ओभरको समाप्तिमा नेपालले तीन विकेटको क्षतिमा दुई सय रन पूरा गरेको छ । अहिले क्रिजमा रोहितकुमार पौडेल र गुल्सन झा छ ।

रोहित २६ बलमा २१ रन बनाएर खेलिरहेका छन् भने ८ बलको सामना गर्दा एक छक्कासहित सात रन बनाएर गुल्सन खेलिरहेका छन् ।

२१ ओभरको अन्तिम बलमा नेपालका ओपनर अर्जुन कुमाल आशिफसँग तालमेल नमिल्दा रनआउट भएका थिए । आउट हुनु अघि उनले आशिफसँग ९७ रनको साझेदारी गरे । अर्जुनले ६३ बलमा ६ चौका प्रहार गर्दै ४३ रन बनाए ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ रोजेपछि ओपनिङ आकर्षक बनेको हो ।

दुवै टोली दोस्रो पटक एसीसी प्रिमियर कपको उपाधि उचाल्ने दाउमा छन् । सन् २०२३ मा काठमाडौँमा भएको पहिलो संस्करणको फाइनलमा नेपालले युएईलाई नै ७ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । त्यस्तै, सन् २०२४ को दोस्रो संस्करणमा आयोजक ओमानलाई हराउँदै युएई च्याम्पियन बनेको थियो । यसपटकको विजेता टोलीले मात्र आगामी एसिया कपमा स्थान सुरक्षित गर्ने भएकाले दुवै टोलीका लागि यो भिडन्त निकै महत्त्वपूर्ण मानिएको छ ।

जारी प्रतियोगितामा नेपालले समूह चरण र सेमिफाइनल गरी पाँचमध्ये चार खेल जितेको छ भने एक खेलमा पराजय व्यहोरेको छ । युएई भने प्रतियोगितामा अपराजित रहँदै फाइनल प्रवेश गरेको टोली हो ।

एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा नेपाल र युएईबीच हालसम्म १९ पटक प्रतिस्पर्धा भएको छ । जसमध्ये नेपाल ११ खेलमा विजयी भएको छ भने युएईले ८ खेल आफ्नो पक्षमा पारेको छ ।

पछिल्ला पाँच भेटमा पनि नेपाल ३ खेल जित्दै हाबी देखिएको छ । गत मे महिनामा भएको आईसीसी विश्वकप लिग-२ अन्तर्गतका दुवै खेलमा नेपालले युएईलाई पराजित गरेको थियो ।

प्रकाशित मिति : २७ भदौ २०८३, शनिबार  ९ : ४६ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण