एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक « Khabarhub

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक


२७ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले शतक बनाएका छन् । १०३ बलको सामना गर्दा चार छक्का र ८ चौकाका मद्दतमा उनले शतक पूरा गरेका हुन् । आशिफ १०६ बलमा १०२ रन बनाउँदा आउट भएका छन् । उनी हैदर अलीको बलमा क्याच आउट भएका हुन् ।

पाँचौ क्रममा ब्याटिङ गर्न गुल्सन झा आएका छन् । ३७ ओभरको समाप्तिमा नेपालले तीन विकेटको क्षतिमा दुई सय रन पूरा गरेको छ । अहिले क्रिजमा रोहितकुमार पौडेल र गुल्सन झा छ ।

रोहित २६ बलमा २१ रन बनाएर खेलिरहेका छन् भने ८ बलको सामना गर्दा एक छक्कासहित सात रन बनाएर गुल्सन खेलिरहेका छन् ।

२१ ओभरको अन्तिम बलमा नेपालका ओपनर अर्जुन कुमाल आशिफसँग तालमेल नमिल्दा रनआउट भएका थिए । आउट हुनु अघि उनले आशिफसँग ९७ रनको साझेदारी गरे । अर्जुनले ६३ बलमा ६ चौका प्रहार गर्दै ४३ रन बनाए ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ रोजेपछि ओपनिङ आकर्षक बनेको हो ।

दुवै टोली दोस्रो पटक एसीसी प्रिमियर कपको उपाधि उचाल्ने दाउमा छन् । सन् २०२३ मा काठमाडौँमा भएको पहिलो संस्करणको फाइनलमा नेपालले युएईलाई नै ७ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । त्यस्तै, सन् २०२४ को दोस्रो संस्करणमा आयोजक ओमानलाई हराउँदै युएई च्याम्पियन बनेको थियो । यसपटकको विजेता टोलीले मात्र आगामी एसिया कपमा स्थान सुरक्षित गर्ने भएकाले दुवै टोलीका लागि यो भिडन्त निकै महत्त्वपूर्ण मानिएको छ ।

जारी प्रतियोगितामा नेपालले समूह चरण र सेमिफाइनल गरी पाँचमध्ये चार खेल जितेको छ भने एक खेलमा पराजय व्यहोरेको छ । युएई भने प्रतियोगितामा अपराजित रहँदै फाइनल प्रवेश गरेको टोली हो ।

एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा नेपाल र युएईबीच हालसम्म १९ पटक प्रतिस्पर्धा भएको छ । जसमध्ये नेपाल ११ खेलमा विजयी भएको छ भने युएईले ८ खेल आफ्नो पक्षमा पारेको छ ।

पछिल्ला पाँच भेटमा पनि नेपाल ३ खेल जित्दै हाबी देखिएको छ । गत मे महिनामा भएको आईसीसी विश्वकप लिग-२ अन्तर्गतका दुवै खेलमा नेपालले युएईलाई पराजित गरेको थियो ।

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  ९ : ४६ बजे

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा