साउदीको तेल निर्यात मार्गमा ड्रोन आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो « Khabarhub

साउदीको तेल निर्यात मार्गमा ड्रोन आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो


२७ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– साउदी अरबका अधिकारीहरूले इराकबाट प्रक्षेपण गरिएका ड्रोन आक्रमणका कारण महत्वपूर्ण तेल निर्यात मार्ग अस्थायी रूपमा बन्द गरिएको बताएका छन् । यो मार्ग इरानले होर्मुज जलडमरूमध्य बन्द गरेपछि वैकल्पिक रूपमा प्रयोग हुँदै आएको थियो ।

मध्यपूर्वमा युद्ध सुरु भएपछि साउदी अरबले यान्बु बन्दरगाहसँग जोड्ने पूर्व–पश्चिम तेल पाइपलाइनको प्रयोग बढाउँदै आएको छ । होर्मुज जलडमरूमध्य हुँदै हुने तेल निर्यातमा अवरोध भएपछि यो पाइपलाइन साउदी तेल निर्यातका लागि महत्वपूर्ण वैकल्पिक मार्ग बनेको हो ।

साउदी विदेश मन्त्रालयले रियाद र मदिना क्षेत्रमा रहेको पूर्वपश्चिम पाइपलाइनलाई इराकबाट आएका धेरै ड्रोनले निशाना बनाएको जनाएको छ । आक्रमणका कारण केही मानिस घाइते हुनुका साथै भौतिक क्षति भएको मन्त्रालयले जनाएको छ ।

साउदी ऊर्जा मन्त्रालयका एक अधिकारीले सरकारी समाचार संस्था एसपीएसँग कुरा गर्दै सावधानीका रूपमा पाइपलाइन सञ्चालन रोकिएको र आक्रमणबाट केही मानिस घाइते भएको बताए ।

बिहीबार खिचिएका कोपरनिकस सेन्टिनेलका भूउपग्रह तस्बिरमा मदिनानजिकै कालो धुवाँको मुस्लो देखिएको थियो । उक्त क्षेत्र साउदी तेललाई लाल सागरको तटसम्म पुर्‍याउने पूर्व–पश्चिम पाइपलाइनको मार्गनजिकै पर्छ ।

इराकका प्रधानमन्त्री अली अल–जैदीको कार्यालयले आक्रमण इराकी भूमिबाट भएको पुष्टि गरेको छ । साथै दक्षिणी प्रान्त मैसानका लागि जिम्मेवार सुरक्षा कमान्डरलाई पदबाट हटाइएको जनाएको छ ।

इराकी सरकारले साउदी अरबमा भएको आक्रमणको निन्दा गर्दै आक्रमण इराकको एक प्रान्तभित्रको स्थानबाट भएको जनाएको छ ।

साउदी अरबले इराकी प्रधानमन्त्रीको आग्रहमा तत्काल जवाफी कारबाही नगर्ने निर्णय गरेको जनाएको छ । इराकबाट साउदी अरब तथा छिमेकी देशमाथि हुने आक्रमण रोक्न इराकी सरकारले गरिरहेको प्रयासलाई समर्थन गर्ने रियादले जनाएको छ । साउदी अरबले यसअघि पनि इरानसमर्थित इराकी मिलिसियामाथि आफ्नो तेल पूर्वाधारलाई निशाना बनाएको आरोप लगाउँदै आएको थियो ।

यद्यपि साउदी सरकारले आफ्नो सार्वभौमिकता, सुरक्षा, पूर्वाधार र नागरिकको सुरक्षाका लागि आवश्यक सबै कदम चाल्ने अधिकार सुरक्षित रहेको स्पष्ट पारेको छ ।

बहराइन, जोर्डन र कतारले पनि साउदी तेल पाइपलाइनमाथिको आक्रमणको निन्दा गरेका छन् । आक्रमण र मध्यपूर्वमा बढ्दो तनावका कारण यो साता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ ।

अमेरिकामा डिजेलको औसत मूल्य पनि शुक्रबार पहिलोपटक प्रतिब्यारेल ६ अमेरिकी डलरभन्दा माथि पुगेको बताइएको छ । यसले आगामी मध्यावधि निर्वाचनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि थप राजनीतिक दबाब पर्न सक्ने देखिएको छ ।

यसैबीच, इरानसमर्थित यमनका हुथी विद्रोहीले साउदी अरबविरुद्ध समुद्री नाकाबन्दीको घोषणा गर्दै लाल सागरमा साउदी तेल बोकेका पानीजहाजमाथि आक्रमण गर्दै आएका छन् ।

शुक्रबार हुथीहरूले यमनको लाल सागर तट र बाब अल–मन्दब जलडमरूमध्यका केही टापुमा आफ्नो नियन्त्रण थप बलियो बनाएको दाबी गरेका छन् । यो जलमार्ग युरोप र एसियाबीचको महत्वपूर्ण सामुद्रिक मार्ग हो ।

हुथीहरूले पछिल्लो गतिविधिपछि बाब अल–मन्दब जलडमरूमध्यमा साउदी अरबबाहेक अन्य सबैका लागि समुद्री आवागमन सुरक्षित रहेको दाबी गरेका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  १२ : १२ बजे

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

काठमाडौं– नापि कार्यालय धनुषाले  नाप जाँच भएको करिब ५ वर्षपछि

नेपाललाई समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड

 काठमाडौं- बेलायती सञ्चारकर्मी, ट्राभल लेखिका तथा अपाङ्गता अधिकार अभियन्ता सोफी मोर्गनले

पाकिस्तानमा विद्यालयको पर्खाल भत्किदा पाँच जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराचीमा सरकारी विद्यालयको  पर्खाल  भत्किएपछि

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु- शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई मार्गदर्शन गरेका

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित