पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड « Khabarhub

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड


२७ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

धादिङ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित क्षेत्रमा तत्कालीन राहत तथा अस्थायी व्यवस्थापनसँगै स्थायी पुनर्निर्माण र पुनःस्थापनाको कामलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

धादिङको गल्छी गाउँपालिकास्थित बाढी प्रभावित क्षेत्रको आज स्थलगत अवलोकन गर्दै संयोजक दाहालले बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै अब प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनःस्थापनामा विशेष ध्यान दिनुपर्ने बताए।

‘भौतिक क्षति ठूलै भएको छ। अब बाढी प्रभावितका लागि राहतसँगै अस्थायी र स्थायी पुनर्निर्माण तथा पुनःस्थापनाको काममा ध्यान केन्द्रित गर्नुपर्छ,’ उनले भने।

दाहालले विपद् आएलगत्तै नेकपाले आफ्नोतर्फबाट उद्धार, राहत तथा व्यवस्थापनका लागि पहल गर्दै आएको बताए। बाढीपछि पार्टीले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सक्रिय हुन नेता तथा कार्यकर्तालाई आह्वान गरेको र त्यसपछि बैठक बसेर विपद्पछिको अवस्थाबारे छलफल गरिएको उनको भनाइ थियो।

विपद् व्यवस्थापनसम्बन्धी अनुभव भएका पार्टी नेता गङ्गालाल तुलाधरको नेतृत्वमा कामको समन्वय गर्न समिति गठन गरिएको जानकारी दिँदै दाहालले पार्टीका नेता तथा कार्यकर्तालाई प्रभावित क्षेत्रमा परिचालन गरिएको बताए।

उनले बाढी प्रभावित क्षेत्रमा पार्टीको युवा सङ्गठन योङ कम्युनिष्ट लिग (वाइसीएल)ले गरेको कामको प्रशंसा पनि गरे।

‘हाम्रा युवाहरू, मुख्यतः वाइसीएलले यसपटक प्रभावित क्षेत्रमा गएर समन्वयात्मक काम गरेका छन्। म उहाँहरूलाई धन्यवाद दिन चाहन्छु,’ दाहालले भने।

बाढीका कारण प्रभावित क्षेत्रको पछिल्लो अवस्था, क्षति तथा राहत र पुनःस्थापनाका प्रयासबारे जानकारी लिन दाहाल आज धादिङको गल्छी पुगेका हुन् ।

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  १२ : २६ बजे

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको

एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट 

काठमाडौं– एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवाहरूमा बाइ

कांग्रेसको १५औँ महाधिवेशन : सहमहामन्त्री पदमा आङगेलु शेर्पाले दिए उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा आङगेलु शेर्पाले उम्मेदवारी