अमेरिकी आर्थिक दबाबमा इरानले आत्मसमर्पण गर्दैन : राष्ट्रपति पेजेस्कियन « Khabarhub

अमेरिकी आर्थिक दबाबमा इरानले आत्मसमर्पण गर्दैन : राष्ट्रपति पेजेस्कियन


२७ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इरानी जनताले अमेरिकी आर्थिक दबाबमा आत्मसमर्पण नगर्ने बताएका छन् ।

संयुक्त राज्य अमेरिकाले इरानीहरूलाई धम्की दिएर आत्मसमर्पण गर्न बाध्य पार्न नसकेकाले  जीविकोपार्जनमा समस्या र सुविधाहरूको अभावको अवस्था सिर्जना गरी उनीहरूलाई आत्मसमर्पण गर्न बाध्य बनाउन खोजिरहेको उल्लेख गर्दै इरानी जनताले आत्मसमर्पण नगर्ने विषयमा जोड दिएका छन् । 

इरानको इरना समाचार एजेन्सीका अनुसार पेजेस्कियनले नयाँ दिल्लीमा भारतीय धार्मिक नेताहरू, तथा व्यापारीहरूसँगको बैठकमा यस्तो बताएका हुन् ।

इरान विरुद्धको अमेरिकी नौसैनिक नाकाकन्दी र आर्थिक युद्धको निन्दा गर्दै उनले भने ‘वासिङ्टन इरानलाई स्वतन्त्र देश बनाउन चाहँदैन, तर हामी यसको बदमाशीको अगाडि झुक्ने छैनौँ ।’

इरानले लामो समय देखि अमेरिकी नौ– सैनिक नाकाबन्दीको सामना गर्दै आइरहेकोमा हालसालै वाशिंगटन द्वारा घोषित आर्थिक दवावपूर्ण कारबाहीको एक अभूतपूर्व अवस्था भोगिरहेको छ ।

गत महिना, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलगायत इरानसँग आर्थिक कारोबार गर्ने कुनै पनि देश विरुद्ध “अहिलेसम्मको सबैभन्दा क्रूर आर्थिक कारबाही” को घोषणा गरेका थिए ।

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  १ : ०५ बजे

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको

एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट 

काठमाडौं– एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवाहरूमा बाइ

कांग्रेसको १५औँ महाधिवेशन : सहमहामन्त्री पदमा आङगेलु शेर्पाले दिए उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा आङगेलु शेर्पाले उम्मेदवारी