विपद्को सुरुवाती चरणमै प्रभावकारी व्यवस्थापन हुन नसक्दा मानवीय क्षति बढ्यो : कुलमान घिसिङ « Khabarhub

विपद्को सुरुवाती चरणमै प्रभावकारी व्यवस्थापन हुन नसक्दा मानवीय क्षति बढ्यो : कुलमान घिसिङ


२७ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

ललितपुर – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को सुरुवाती चरणमै आवश्यक पूर्वतयारी र प्रभावकारी व्यवस्थापन गर्न नसक्दा ठूलो मानवीय क्षति भएको बताएका छन् ।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले विपद् आउनुअघि आवश्यक तयारी र विपद्का बेला समयमै प्रभावकारी कदम चाल्न सके धेरै मानवीय क्षति रोक्न सकिने बताए।

उनले देशमा आइपरेको ठूलो प्राकृतिक विपद्को सामना सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिक एकजुट भएर गर्नुपर्ने धारणा राखे।

अध्यक्ष घिसिङले जेन–जी आन्दोलनपछि सरकारले युवाहरूको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो । सरकारप्रति युवाहरूमा निराशा बढ्दै गएको र विदेशिने युवाको संख्या झन् बढेको उनको भनाइ थियो ।

साना कृषकलाई उपेक्षा गर्दै ठूला लगानीकर्तालाई मात्र फाइदा पुग्ने खालका नीति सरकारले ल्याइरहेको पनि उनले आरोप लगाए । कृषि क्षेत्रको विकास र साना किसानको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो ।

उनले उज्यालो नेपाल पार्टी कुनै पनि अन्य राजनीतिक दलमा विलय नहुने स्पष्ट पारे। कुनै दलसँग एकीकरण नगरी आफ्नै मौलिक एजेन्डासहित वैकल्पिक राजनीतिक शक्तिका रूपमा पार्टी अघि बढ्ने उनले बताए।

आगामी स्थानीय, प्रदेश तथा संघीय निर्वाचनलाई लक्षित गर्दै कोशी प्रदेशबाट बृहत् भेला आयोजना गर्नुका साथै गाउँ–गाउँमा संगठन विस्तार र सदस्यता अभियान सुरु गरिने अध्यक्ष घिसिङले जानकारी दिए ।

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  ५ : २९ बजे

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको

एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट 

काठमाडौं– एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवाहरूमा बाइ

कांग्रेसको १५औँ महाधिवेशन : सहमहामन्त्री पदमा आङगेलु शेर्पाले दिए उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा आङगेलु शेर्पाले उम्मेदवारी