बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ « Khabarhub

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ


२७ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला पारी सम्बन्धित व्यक्तिलाई जानकारी नदिई राखेको आरोपमा प्रहरीले धादिङबाट एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार गजुरी गाउँपालिका–६ बन्छेटारका अन्दाजी ३५ वर्षीय रामबहादुर तामाङलाई गरगहनासहित नियन्त्रणमा लिइएको हो ।

गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१ त्रिशूली बजारका लीलाबहादुर बोगटीको घर बगाएको थियो । सोही क्रममा बगाएर ल्याएका गरगहना तामाङले भदौ ११ गते फेला पारी कसैलाई जानकारी नदिई आफ्नो घरमा राखेको भन्ने जानकारी बोगटीले अन्य व्यक्तिबाट थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरी टोलीले तामाङलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले सुन जस्तो देखिने पहेँलो धातुका बाला तीन टुक्रा, दुई थान झुम्का, दुई थान सिक्री, दुई थान औँठी, रातो पोतेमा जडित दुई थान मङ्गलसूत्र तथा चाँदीजस्तो देखिने सेतो धातुका दुई जोर पाउजु बरामद गरेको छ ।

तामाङमाथि चोरीसम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय गजुरीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  ८ : ५१ बजे

‘मेरो उम्मेदवारी केवल एउटा पदका लागि होइन’

देशले अहिले युवा नेतृत्वको खोजी गरिरहेको छ । यस महाधिवेशनबाट

कांग्रेस बन्दसत्रको छलफल बुधबार फेरि हुने

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिनको बन्दसत्रको छलफल सकिएको

गगनलाई टक्कर दिन सभापतिमा श्यामकृष्ण खड्कीको उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनको सभापतिका लागि श्यामकृष्ण खड्कीले उम्मेदवारी

झरी र असिनापानीले कांग्रेस महाधिवेशन प्रभावित

काठमाडौँ – झरी र असिनापानी परेपछि नेपाली कांग्रेसको १५औँ महाधिवेशन

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश

काठमाडौं- जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी एवम् राष्ट्र, राष्ट्रियता, धर्म,