उपसभापतिमा पराजित भट्टराईले भने- अब अझ धेरैको भरोसा जित्न लाग्नेछु « Khabarhub

उपसभापतिमा पराजित भट्टराईले भने- अब अझ धेरैको भरोसा जित्न लाग्नेछु


२६ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले आफूले धेरैको विश्वास जित्न बाँकी रहेको भन्दै राजनीतिको बाँकी समय त्यसका लागि खर्चने बताएका छन् ।

उपसभापति खुलामा उम्मेदवार रहेका भट्टराईले पराजित भएपछि मतदातालाई धन्यवाद दिँदै पार्टीको जिम्मेवारी सम्हाल्न आफूलाई धेरैले विश्वास गरे पनि अझ धेरैको विश्वास जित्न आवश्यक रहेको बताए ।

‘१५ औँ महाधिवेशनमा ममाथि विश्वास गरेर मत प्रदान गर्नुहुने सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरुप्रति अनुग्रहित छु, उनले भने, ‘तपाईंको मात्र विश्वासले नपुगेर मलाई पार्टीको जिम्मेवारी सम्हाल्ने यात्रामा अझ धेरै साथीहरूको भरोसा जित्न आवश्यक रहेको यस मत परिणामले देखाएको छ ।’

आफूले लाभ र पदका लागि कहिल्यै राजनीति नगरेको र अहिलेसम्म पाएको कुरा विश्वास र माया नै रहेको उनले उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमार्फत कार्यकर्तालाई सम्बोधन गरेका भट्टराईले आगामी राजनीतिक यात्रामा भरोसा जित्न बाँकी धेरैहरूको भरोसा जित्नका लागि चेत, लगाव र समय खर्चने प्रतिबद्धता जनाएका छन् ।

नेविसंघका पूर्व अध्यक्ष रहिसकेका भट्टराई उपसभापति पदमा तेश्रो सर्वाधिक मत प्राप्त गरे पनि पराजित भए ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  १ : २५ बजे

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका

बिमस्टेक बैठकमा भाग लिने कान्छा गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको

राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट

रियाद- साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक