एल निनोका कारण समुद्री तापक्रममा नयाँ रेकर्ड, सन् २०२७ मा विश्वव्यापी तापक्रम बढ्ने चेतावनी « Khabarhub

एल निनोका कारण समुद्री तापक्रममा नयाँ रेकर्ड, सन् २०२७ मा विश्वव्यापी तापक्रम बढ्ने चेतावनी


२६ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पेरिस- शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रको समुद्री सतहको तापक्रम गत सेप्टेम्बरमा अहिलेसम्मकै उच्च विन्दुमा पुगेको युरोपेली सङ्घ (इयु) को जलवायु अनुगमन सेवाले जनाएको छ । वैज्ञानिकहरूले यसका कारण सन् २०२७ मा विश्वव्यापी तापक्रमले नयाँ रेकर्ड कायम गर्न सक्ने चेतावनी दिएका छन् ।

इयुको कोपर्निकस जलवायु परिवर्तन सेवाका अनुसार प्रशान्त महासागरको ‘निनो ३.४’ क्षेत्रमा समुद्री सतहको तापक्रम २९.७० डिग्री सेल्सियस पुगेको थियो । यो सन् १९८२–१९८३, १९९७–१९९८ र २०१५–२०१६ का शक्तिशाली एल निनो घटनाका बेला मापन गरिएको तापक्रमभन्दा बढी हो ।

यद्यपि, जलवायु परिवर्तनका कारण समुद्रको तापक्रम पहिल्यै बढिसकेकाले हालको एल निनोलाई अहिलेसम्मकै शक्तिशाली भन्न नसकिने कोपर्निकसले स्पष्ट पारेको छ ।

गत सेप्टेम्बरमा विश्वव्यापी समुद्री सतहको औसत तापक्रम २१.०५ डिग्री सेल्सियस पुगेको थियो । त्यस्तै, विश्वको औसत सतही तापक्रम १६.२७ डिग्री सेल्सियस मापन गरिएको थियो, जुन पूर्वऔद्योगिक औसतभन्दा १.६३ डिग्री बढी हो ।

कोपर्निकसका निर्देशक कार्लो बुन्टेम्पोले शक्तिशाली एल निनोको प्रभावका कारण सन् २०२७ सम्म पनि मासिक विश्वव्यापी तापक्रम पूर्वऔद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा माथि रहने सम्भावना रहेको बताएका छन् ।

वैज्ञानिकहरूका अनुसार तापक्रम वृद्धिको जोखिम कम गर्न जीवाश्म इन्धनको प्रयोगबाट हुने हरितगृह ग्यास उत्सर्जन घटाउनु महत्त्वपूर्ण छ ।

एल निनो प्राकृतिक जलवायु चक्रको तापक्रम बढाउने चरण हो । यसका कारण प्रशान्त महासागरको सतहको तापक्रम बढ्नुका साथै विश्वव्यापी हावा र वर्षाको ढाँचामा परिवर्तन आउँछ । यसले विभिन्न क्षेत्रमा खडेरी, अत्यधिक वर्षा र बाढीको जोखिम बढाउन सक्छ ।

एल निनो सामान्यतया प्रत्येक दुईदेखि सात वर्षमा देखा पर्ने र नौदेखि १२ महिनासम्म रहने गर्छ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  २ : ३९ बजे

विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्नुपर्नेमा जोड

काठमाडौँ– विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्दै स्वायत्त र प्रभावकारी

लिस्ट वितरण हुँदा कांग्रेसभित्र अस्वस्थ प्रतिस्पर्धा भयो : गुरुराज घिमिरे

नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने तथा पार्टीमा

विगतका तिक्तता बिर्सेर कांग्रेसलाई एकताबद्ध बनाउँछु : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विगतका तिक्तता बिर्सेर पार्टीलाई

उपभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको कृत्रिम