पुलको पहुँचमार्ग बन्यो : १५ दिनपछि बागलुङमा सीधा यातायात सञ्चालन « Khabarhub

पुलको पहुँचमार्ग बन्यो : १५ दिनपछि बागलुङमा सीधा यातायात सञ्चालन


२६ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बागलुङ– पन्ध्र दिनपछि बागलुङ जिल्ला सिधा यातायातको पहुँचमा जोडिएको छ । यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पहुँचमार्ग बगाएर अवरुद्ध बनेको सडक १५ दिनपछि सञ्चालनमा आएको छ । 

करिब ३५ मिटर पहुँचमार्गको रातदिन गरी सडक डिभिजन कार्यालयले ग्याबिन, जियो ब्याग र जियो ग्रिड प्रविधिको प्रयोग गरी पहुँचमार्ग पुनर्निर्माण सम्पन्न गरेपछि आज बिहानदेखि सवारीसाधन वारपार गर्न थालेका इन्जिनियर अमर अधिकारीले जानकारी दिए। 

मध्पहाडीलोकमार्ग र कालीगण्डकी करिडोरको सङ्गमस्थलको रूपमा रहेको मालढुङ्गा पुलले बागलुङसहित पूर्वी रूकुमलगायत जिल्लालाई जोडेको छ।

दसैँको समयमा सडक बन्द हुँदा बागलुङका नागरिकले सास्ती भोग्नु परेको थियो । पुल सञ्चालनमा आएसँगै बागलुङको पर्यटन र व्यापार फस्ठाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  २ : ५९ बजे

देश दुःखमा पर्दा हामीलाई पनि आँसु आउँछ: गौतम दाहाल

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सहभागी हुन अमेरिकाबाट

विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्नुपर्नेमा जोड

काठमाडौँ– विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्दै स्वायत्त र प्रभावकारी

लिस्ट वितरण हुँदा कांग्रेसभित्र अस्वस्थ प्रतिस्पर्धा भयो : गुरुराज घिमिरे

नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने तथा पार्टीमा

विगतका तिक्तता बिर्सेर कांग्रेसलाई एकताबद्ध बनाउँछु : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विगतका तिक्तता बिर्सेर पार्टीलाई

उपभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको कृत्रिम