विगतका तिक्तता बिर्सेर कांग्रेसलाई एकताबद्ध बनाउँछु : प्रदीप पौडेल « Khabarhub

विगतका तिक्तता बिर्सेर कांग्रेसलाई एकताबद्ध बनाउँछु : प्रदीप पौडेल


२६ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विगतका तिक्तता बिर्सेर पार्टीलाई भावनात्मक रूपमा समेत एकताबद्ध बनाउने संकल्प रहेको बताएका छन् ।

कांग्रेसको १५औँ महाधिवेशनमा व्यक्त भएको मतले पार्टीका सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न स्पष्ट सन्देश दिएको उनको भनाइ छ ।

पौडेलले आन्तरिक प्रतिस्पर्धालाई लोकतन्त्रको सुन्दर अभ्यासका रूपमा लिनुपर्ने उल्लेख गर्दै महाधिवेशनपछि विगतका तिक्तता बिर्सेर एकताबद्ध कांग्रेस निर्माणमा लाग्नुपर्ने बताएका हुन् ।

‘विगतका तिक्तता बिर्सेर भावनात्मक रूपमा समेत एकताबद्ध कांग्रेस निर्माण गर्नुपर्ने छ । भावनात्मक रूपमै एक ढिक्का भएको बलियो कांग्रेस निर्माण गर्न हामी सबै सङ्कल्पबद्ध हुनुपर्दछ,’ उनले भने ।

कांग्रेससामु थुप्रै चुनौती रहेको उल्लेख गर्दै महामन्त्री पौडेलले ती चुनौतीको सामना गर्न पार्टीभित्र एकता आवश्यक रहेको धारणा राखेका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  ३ : ३१ बजे

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल, (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई

काठमाडौँ – अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय रोबर्ट हल र

रुसलाई नेटोको चेतावनी : सम्भावित आक्रमणको प्रतिरोध गर्न गठबन्धन सक्षम

काठमाडौं – रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा

अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङ– ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ । प्रतिमन

रियाद विमानस्थलमा यात्रा नगर्न अस्ट्रेलियाद्वारा आफ्ना नागरिकलाई आग्रह

एजेन्सी- साउदी अरबमा सुरक्षा जोखिम बढेको भन्दै अस्ट्रेलिया सरकारले आफ्ना नागरिकलाई