३९ वर्ष पुरानो ज्याकेट अझै फिट, ‘मिस्टर इन्डिया’ को पहिरनमा देखिए अनिल कपूर « Khabarhub

३९ वर्ष पुरानो ज्याकेट अझै फिट, ‘मिस्टर इन्डिया’ को पहिरनमा देखिए अनिल कपूर


२६ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडमा समयसँगै कलाकारको रूप फेरिन्छ, फेसन बदलिन्छ र पुराना फिल्मका सम्झनाहरू पनि विस्तारै धमिलिँदै जान्छन् । तर, अभिनेता अनिल कपूरले भने आफ्नो चर्चित फिल्म ‘मिस्टर इन्डिया’सँग जोडिएको एउटा यस्तो सम्झना जोगाएर राखेका छन्, जसले अहिले सबैको ध्यान खिचेको छ । 

सन् १९८७ मा प्रदर्शनमा आएको फिल्ममा लगाएको पहिरन उनले ३९ वर्षपछि पनि सुरक्षित राखेका छन् । रोचक त के भने, दशकौँ पुरानो त्यो पहिरन अहिले पनि उनलाई उत्तिकै मिल्छ ।

हालै एउटा कार्यक्रमको छायाङ्कनका क्रममा अनिल पुरानै फिल्मको पहिरनमा देखिए । उनले ‘मिस्टर इन्डिया’मा लगाएको सर्ट, ट्राउजर र ज्याकेट पुनः लगाएका थिए । आफ्नो पुरानो पहिरन अझै शरीरमा मिलिरहेको देखेर उनले त्यसबारेको अनुभव पनि सुनाए ।

अनिलका अनुसार ३९ वर्ष बितिसक्दा पनि सर्ट, ट्राउजर र ज्याकेट सबै आफूलाई फिट छन् । उनको यो खुलासाले पुरानो फिल्मका प्रशंसकलाई मात्र होइन, बलिउडप्रति चासो राख्ने दर्शकलाई समेत आकर्षित गरेको छ ।

तर, यो पहिरनको सबैभन्दा रोचक पक्ष भने ज्याकेटसँग जोडिएको छ । अनिलले ‘मिस्टर इन्डिया’मा लगाएको ज्याकेट कुनै महँगो फेसन ब्रान्डबाट किनेका थिएनन् । उनले त्यो ज्याकेट मुम्बईको चर्चित चोर बजारबाट किनेको खुलासा गरेका छन् । त्यही ज्याकेटलाई उनले वर्षौँसम्म सुरक्षित राखे र अहिले फेरि लगाएर पुराना दिन सम्झिए ।

अनिलले यस प्रसङ्गमा ‘मिस्टर इन्डिया’को सन्देश पनि सम्झिए । उनका अनुसार फिल्मबाट सिक्न सकिने कुरा के हो भने हरेक व्यक्ति ‘मिस्टर इन्डिया’ बन्न सक्छ ।

शेखर कपूरको निर्देशनमा बनेको ‘मिस्टर इन्डिया’ हिन्दी सिनेमाको चर्चित विज्ञानकथामा आधारित सुपरहिरो फिल्म हो । यसमा अनिलले अरुण वर्माको भूमिका निर्वाह गरेका छन् । अरुण साधारण जीवन बिताउने भायोलिन वादक तथा समाजसेवी हुन्छन् । 

तर, एउटा विशेष उपकरण हात परेपछि उनी अदृश्य हुन सक्ने क्षमता प्राप्त गर्छन्। यही अनौठो कथावस्तु र अरुणको संघर्षले फिल्मलाई दर्शकमाझ लोकप्रिय बनाएको थियो ।

करिब चार दशकपछि पनि फिल्मसँग जोडिएको पहिरन सुरक्षित राख्नु अनिलका लागि केवल पुरानो कपडा जोगाउनु मात्र होइन, आफ्नो करिअरको महत्वपूर्ण समयलाई फेरि सम्झिने अवसर पनि हो । 

अहिलेको समयमा फेसन र पहिरन छिटो बदलिने भए पनि अनिलको यो पुरानो ज्याकेटले एउटा फिल्मको इतिहास र त्यससँग जोडिएका सम्झनालाई अझै जीवन्त बनाएको छ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  ५ : २४ बजे

‘जलवायु परिवर्तनबाट पीडित मात्रै होइन, नेपालले अब नेतृत्व नै लिनुपर्छ’

काठमाडौं- पछिल्ला केही महिनायता नेपालले एकपछि अर्को विपद्को सामना गरिरहेको

सरकारले अब सबै सुकुम्बासीलाई लालपूर्जा दिन्छ, आश्वासन होइन : मन्त्री रावल

झापा – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

कोरला नाका हुँदै तीन हजार ७२५ मेट्रिकटन चिनियाँ फलफूल आयात

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाका हुँदै आइतबारसम्म तीन हजार

सुनकोशी–मरिण आयोजनाको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय राष्ट्रिय

राष्ट्रियसभा अध्यक्षसँग स्वीस नेसनल काउन्सिलका अध्यक्षको शिष्टाचार भेट

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेका स्वीट्जरल्याण्डको