काठमाडौँ– काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा अस्ट्रेलियाका पूर्वकप्तान डेभिड वार्नरको प्रदर्शन मिश्रित देखिएको छ ।
विदेशी स्टार खेलाडीका रूपमा चर्चामा रहेका वार्नरले चार खेलमा १२७ रन बनाएका छन् । उनले केही खेलमा आक्रामक ब्याटिङ गर्दै प्रभावशाली प्रदर्शन गरे पनि एउटा खेलमा भने निराशाजनक प्रदर्शन गरेका छन् ।

कर्णाली याक्सविरुद्धको खेलमा वार्नरले १० बलमा १६ रन बनाएका थिए । उक्त इनिङ्समा उनले तीन चौका प्रहार गरे । विराटनगर किंग्सविरुद्ध भने उनले २४ बलमा दुई चौका र तीन छक्कासहित ४४ रन जोडेका थिए ।
त्यस्तै, लुम्बिनी लायन्सविरुद्ध वार्नरले उत्कृष्ट ब्याटिङ गर्दै ५० बलमा ६६ रन बनाएका थिए । तर, चितवन राइनोजविरुद्धको खेलमा भने उनी ६ बलमा एक रन बनाएर आउट भए ।

चार खेलमा १२७ रन बनाएका वार्नरको ब्याटिङ औसत ३१.७५ रहेको छ । उनको स्ट्राइक रेट १४१.५६ छ ।
वार्नरको प्रदर्शनमा उतारचढाव देखिए पनि लुम्बिनीविरुद्धको अर्धशतकीय इनिङ्स र विराटनगरविरुद्धको आक्रामक ब्याटिङले एनपीएलमा उनको अनुभव र क्षमता झल्काएको छ ।


















प्रतिक्रिया