काठमाडौं- अब्दुल्लाह नाम गरेका पाकिस्तानी युवासँग इङ्गेजमेन्ट गरेकी टिकटक स्टार अनु परियारको सम्बन्धमा नयाँ ट्विस्ट आएको छ । अनु र अब्दुल्लाहले हालै इङ्गेजमेन्ट गरेका थिए । अनुसँग इङ्गेजमेन्ट गर्न अब्दुल्लाह नेपाल आएको बताइन्छ ।
तर, दुबईमा अर्की नेपाली युवतीसँग लामो समयदेखि अब्दुल्लाहको सम्बन्ध रहेको दाबी सार्वजनिक भएपछि अनुको सम्बन्धमा नयाँ ट्विस्ट आएको हो । सामाजिक सञ्जालमा सार्वजनिक विवरणहरुमा अनुले अब्दुल्लाहसँगको सम्बन्ध अब अन्त्य गर्ने निर्णय लिएको दाबी गरिएको छ ।
अनु र अब्दुल्लाहको इङ्गेजमेन्ट भएको सार्वजनिक भएपछि माया तामाङ नाम गरेकी नेपाली युवतीले आफू अब्दुल्लाहसँग केही वर्षदेखि यूएईमा लिभिङ टुगेदरमा बस्दै आएको दाबी गरेकी छिन् ।
यसै सन्दर्भमा गएराति अर्का टिकटकर फिटमिनको टिकटकमा अनु परियार र माया तामाङ लाइभ आएका थिए । सोही क्रममा अनुले अब्दुल्लाहले आफूलाई धोका दिएको भन्दै अब उनीसँग सम्बन्धमा नरहने बताएकी थिइन् ।
यसपछि अनु अब्दुल्लाहसँग बनाएका भिडियोहरु लुकाएकी छिन् । प्रेममा परेपछि अनुले आफ्नो हातको नाडीमा अब्दुल्लाह लेखेको ट्याटु समेत खोपेकी थिइन् ।














प्रतिक्रिया