गाजाको अस्पतालमा इजरायली आक्रमण, कम्तीमा छ जनाको मृत्यु « Khabarhub

गाजाको अस्पतालमा इजरायली आक्रमण, कम्तीमा छ जनाको मृत्यु


२६ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम- दक्षिणी गाजा पट्टीस्थित नासेर अस्पतालमा बिहीबार बिहान इजरायलले गरेको आक्रमणमा कम्तीमा छ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । प्यालेस्टिनी चिकित्सा अधिकारीले उक्त जानकारी दिएका हुन् ।

इजरायलले हमासका एक वरिष्ठ लडाकु तथा उक्त समूहको सशस्त्र शाखाका अन्य सदस्यलाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ । खान युनिसस्थित नासेर अस्पतालको शल्यक्रिया विभागमा भएको आक्रमणबाट ठूलो क्षति पुगेको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, मृत्यु हुनेमा एक जना शल्य चिकित्सक पनि छन् । इजरायली सेना र सुरक्षा निकाय ‘शिन बेट’ले संयुक्त विज्ञप्ति जारी गर्दै हमासले उक्त अस्पताललाई कमान्ड सेन्टर, हतियार भण्डारणस्थल र सोधपुछ केन्द्रका रूपमा प्रयोग गरेको आरोप लगाएका छन् ।

गाजामा सन् २०२५ को अक्टोबरदेखि युद्धविराम लागू भए पनि पछिल्लो आक्रमण भएको हो । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, सन् २०२३ को अक्टोबरमा युद्ध सुरु भएयता इजरायली आक्रमणमा परी कम्तीमा ७४ हजार ६५३ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८३, बिहिबार  ७ : ३९ बजे

गाजाको अस्पतालमा इजरायली आक्रमण, कम्तीमा छ जनाको मृत्यु

जेरुसेलम- दक्षिणी गाजा पट्टीस्थित नासेर अस्पतालमा बिहीबार बिहान इजरायलले गरेको

भीमफेदी दुर्घटनाप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबीच शिष्टाचार भेट

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतको आन्ध्र

एनपिएल : कर्णालीद्वारा लुम्बिनी लायन्ससामु १०६ रनको लक्ष्य

काठमाडौँ- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटमा कर्णाली

जुवातास खेलिरहेको अवस्थामा ४४ जना पक्राउ

काठमाडौँ- प्रहरीले काठमाडौँ र तनहुँबाट जुवातास खेलिरहेको अवस्थामा ४४ जनालाई