सुपर कपको उपाधि बार्सिलोनालाई : फाइनलमा राफिन्हाले गरे दुई गोल « Khabarhub

सुपर कपको उपाधि बार्सिलोनालाई : फाइनलमा राफिन्हाले गरे दुई गोल


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले उचालेको छ । चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले उपाधि उचालेको हो ।

बार्सिलोनाको जितमा राफिन्हाले दुई गोल गरे । उनले खेलको ३६ र ७३ औं मिनेटमा गोल गरेका हुन् । थप एक गोल पहिलो हाफको अतिरिक्त समयमा रोबर्ड लेवान्डोस्कीले गरे ।

रियलका लागि भने भिनिसियस जुनिर र गोन्जालो गार्सियाले गोल फर्काए । तर दुई गोल गर्दासमेत रियल हारबाट जोगिन सकेन । बार्सिलोना ३–२ गोल अन्तरले उपाधि उचाल्न सफल भएको हो ।

रोचक खेलको अन्तिम समय भने बार्सिलोना लागि तनावपूर्ण बनेको थियो । फ्रेन्की डे योङले रातोकार्ड खाएपछि अन्तिम समयमा बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो । दोस्रो हाफमा रियलले कुनै पनि गोल गर्न नसक्दा उपाधि बार्सिलोनाले सुरक्षित गरेको हो ।

रोचक फाइनल भिडन्त साउदी अरबको जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा गएराति भएको हो । पछिल्लो समय मिश्रित प्रदर्शन गरिरहेको रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले लगातार दोस्रो पटक उपाधि कब्जा गरेको हो ।

गतवर्ष यही जेद्दाह मैदानम भएको फाइनलमा बार्सिलोनाले रियललाई ५–२ गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको थियो ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ७ : ०९ बजे

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ– कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार