सुपर कपको उपाधि बार्सिलोनालाई : फाइनलमा राफिन्हाले गरे दुई गोल « Khabarhub

सुपर कपको उपाधि बार्सिलोनालाई : फाइनलमा राफिन्हाले गरे दुई गोल


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले उचालेको छ । चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले उपाधि उचालेको हो ।

बार्सिलोनाको जितमा राफिन्हाले दुई गोल गरे । उनले खेलको ३६ र ७३ औं मिनेटमा गोल गरेका हुन् । थप एक गोल पहिलो हाफको अतिरिक्त समयमा रोबर्ड लेवान्डोस्कीले गरे ।

रियलका लागि भने भिनिसियस जुनिर र गोन्जालो गार्सियाले गोल फर्काए । तर दुई गोल गर्दासमेत रियल हारबाट जोगिन सकेन । बार्सिलोना ३–२ गोल अन्तरले उपाधि उचाल्न सफल भएको हो ।

रोचक खेलको अन्तिम समय भने बार्सिलोना लागि तनावपूर्ण बनेको थियो । फ्रेन्की डे योङले रातोकार्ड खाएपछि अन्तिम समयमा बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो । दोस्रो हाफमा रियलले कुनै पनि गोल गर्न नसक्दा उपाधि बार्सिलोनाले सुरक्षित गरेको हो ।

रोचक फाइनल भिडन्त साउदी अरबको जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा गएराति भएको हो । पछिल्लो समय मिश्रित प्रदर्शन गरिरहेको रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले लगातार दोस्रो पटक उपाधि कब्जा गरेको हो ।

गतवर्ष यही जेद्दाह मैदानम भएको फाइनलमा बार्सिलोनाले रियललाई ५–२ गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको थियो ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ७ : ०९ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६