फ्लप भयो प्रदीप खड्का स्टारर ‘एक्लो’ « Khabarhub

फ्लप भयो प्रदीप खड्का स्टारर ‘एक्लो’


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक प्रदीप खड्काको अभिनय रहेको फिल्म ‘एक्लो’ बक्स अफिसमा फ्लप भएको छ । सुरुवाती दिनदेखि नै हलमा कम दर्शक पाएको यस फिल्मको १० दिने ग्रस कलेक्सन हेर्दा १ करोड व्यापार गर्न पनि मुस्किल देखिन्छ ।

चलचित्र विकास बोर्डका अनुसार यो फिल्मले पुस १७ देखि २६ गतेसम्म ४३ लाख २५ हजार मात्रै ग्रस कलेक्सन गरेको छ ।

साइन्स फिक्सन जनरामा बनेको यस फिल्मले दर्शकबाट सकारात्मक वर्ड अफ माउथ पाउन सकेन । यसको असर व्यापारमा देखिएको हो । अहिले अधिकांश हलहरुले यस फिल्मको शो कटौती गरिसकेका छन् ।

यस फिल्ममा बेलायती नायक जेमी बेकन, विजय लामा, कविता नेपाली, बेनिशा हमाल, दिनेश डीसी र सुरजसिंह ठकुरीलगायतको अभिनय रहेको छ ।

शाइ प्रोडक्सन नेपालको ब्यानरमा बनेको यस फिल्मको लेखक र निर्देशक प्रलीप शाही हुन् ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ६ : ०१ बजे

सिन्धुलीकी टङ्कमायाको हत्यामा संलग्न रहेको अरोपमा दुई जना पक्राउ

सिन्धुली – जिल्लाको तिनपाटन गाउँपालिका–३ कोल्वोटेकी ५३ वर्षीया टङ्कमाया बुढाथोकीको

पर्वतारोहण सङ्घलाई एकाधिकार दिन मिल्दैनः मन्त्री सिन्हा

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले नेपाल

१५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुननिर्माण सुरु

काठमाडौं – काठमाडौंको प्राचीन र सांस्कृतिक बस्ती ‘ग्वलः दे’ (पशुपति

नेपालका लागि डिजिटल रुपान्तरण अनिवार्य : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकमा सुशासन,