मुग्लिन–आँबुखैरेनीको समानान्तर सडक रेखांकन स्वीकृत « Khabarhub

मुग्लिन–आँबुखैरेनीको समानान्तर सडक रेखांकन स्वीकृत


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

डुम्रे– गण्डकी प्रदेशको मुख्य प्रवेशद्वार पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारको काम भइरहेको छ । मुग्लिन–पोखराको पूर्वीखण्डअन्तर्गत आँबुखैरेनी–मुग्लिन खण्डमा समानान्तर सडक निर्माणका लागि रेखांकन स्वीकृत भएको हो ।

सरकारले मुग्लिन–पोखरा सडकअन्तर्गत आँबुखैरेनी–मुग्लिन खण्डमा त्रिशूली नदीको पारिपट्टी समानान्तर नयाँ सडक खोल्ने स्वीकृति दिएको आयोजना निर्देशनालयका आयोजना निर्देशक चुडाराज ढकालले जानकारी दिए। 

‘मुग्लिनबाट आँबुखैरेनीसम्म हालको राजमार्गको आधारमा समानान्तर सडक बन्ने भएको हो । मुग्लिन बजारको पारिपट्टी त्रिशूली किनारमा गोर्खातर्फ सडकको रेखांकन गरिएको सूचना राजपत्रमा प्रकाशित भइसकेको छ’, उनले भने।

मुग्लिन बजारको पारिपट्टी गोर्खातर्फका त्रिशूली किनारबाट मर्स्याङ्दी नदीको बायाँ किनार हुँदै मर्स्याङ्दी विद्युत् गृहको पारिपट्टीसम्म नयाँ सडकको रेखांकन गरी उक्त सडकको केन्द्ररेखाबाट दायाँबायाँ दुवैतिर १५–१५ मिटरका लागि सडकको सीमा तोक्ने निर्णय गरिएको छ’, निर्देशक ढकालले भने। मुग्लिन र मर्स्याङ्दी विद्युत् गृह कटेसँगै पुल निर्माण हुने उनको भनाइ छ ।

अहिले भइरहेको सडकलाई विस्तार गर्न प्राविधिक समस्या रहेकाले मर्स्याङ्दी र त्रिशूली नदीमाथि दुई वटा पुल निर्माण गर्न लागिएको उनले बताए। 

‘मुग्लिन–आँबुखैरेनी सडकखण्डअन्तर्गत कूल नौ दशमलव ३८४ किलोमिटरमध्ये मर्स्याङ्दी नदी पारि चार दशमलव ४५६ किमी नयाँ सडक निर्माण हुनेछ’, ढकालले भने, ‘सडक निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन पूरा गरिसकिएको छ । यो आयोजनाको सुरुवात मुग्लिनस्थित नारायणगढ चोकमा पर्छ । यहाँबाट सुरु भई तनहुँको आँबुखैरेनीमा पुगेर सम्पन्न हुन्छ ।’

एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा गोर्खातर्फ करिब पाँच किमी सडक निर्माण हुनेछ । मस्र्याङ्दी वारिपारि दुई–दुई लेनका सडक निर्माण हुनेछन् । 

‘यो मुग्लिन–पोखरा सडकखण्डको एक खण्ड हो । आँबुखैरेनीबाट पोखरासम्म अहिले धमाधम सडक विस्तारको काम भइरहेको छ’, निर्देशक ढकालले भने।

आयोजनाका अनुसार अहिले सञ्चालन भइरहेको मुग्लिन–आँबुखैरेनी सडकलाई स्तरोन्नति गरी एक लेन (एकतर्फी)बनाइनेछ । मर्स्याङ्दी पारि भने दुई लेन एकतर्फी बाटो बनाइने आयोजना कार्यालयले जनाएको छ । त्रिशूली नदी र मर्स्याङ्दी नदी गरी दुई स्थानमा बन्ने पुलले यो आयोजनालाई जोड्ने ढकालले जानकारी दिए। 

यो आयोजनाले गोर्खाको सहिदलखन गाउँपालिकालाई पनि छुनेछ । निर्देशक ढकालका अनुसार आयोजनाको कूल लागत तीन अर्ब ९७ करोड ४७ लाख २१ हजार रहेको छ । पृथ्वीराजमार्गमा रहेको मर्स्याङ्दी जलविद्युत् आयोजनाको कम्पोनेन्टका कारण साविकको सडक विस्तार गर्न सम्भव नभएपछि यो आयोजनाका लागि मर्स्याङ्दी पारी नयाँ लेन बनाउन लागिएको आयोजनाले जनाएको छ । 

साविकको सडकमा अस्तव्यस्त भिरालो जमिन हुनुका साथै गोर्खातर्फको भागमा सडक बनाउँदा जलविद्युत् आयोजनाका कुनै पनि भागमा क्षति नहुने भएकाले नयाँ सडक बनाउन लागिएको आयोजनाको भनाइ छ । यसले गोर्खातर्फको ग्रामीण बस्तीलाई सहरमा परिणत गर्ने र त्यसले यातायात सुविधा, स्थानीय बजार–पसल र लघु उद्यममा सहयोग पुग्ने आयोजनाको प्रतिवेदनमा उल्लेख छ ।

मुग्लिनमा त्रिशूली नदीमाथि १२० मिटर लामो पुल र मर्स्याङ्दी नदीमाथि १२५ मिटर लामो पुलले साविकको मुग्लिङबाट आँबुखैरेनी सडकलाई जोड्नेछ । सरकारले विसं २०७५ मर्स्याङ्दी नदीको बायाँ किनारमा दुई लेनको सडक निर्माणको रेखाङ्कन स्वीकृत गरेको थियो ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  १२ : ३१ बजे

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ

आठ घण्टापछि खुल्यो मुग्लिन-काठमाडौँ सडक

काठमाडौँ– पृथ्वीराजमार्ग अन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाइएपछि नारायणगढ–काठमाडौँ

दाजुभाइको दीर्घायुको कामना गर्दै रानाथारू महिलाले मनाए तीज

कञ्चनपुर– छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायका महिलाहरूले

नाइमा मोबिलिटी एक्स्पोको आज सकिँदै

काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज