एमालेले ‘षडयन्त्र’ भनेको जेन-जी आन्दोलनलाई कांग्रेसले दियो ‘विद्रोह’को मान्यता « Khabarhub

एमालेले ‘षडयन्त्र’ भनेको जेन-जी आन्दोलनलाई कांग्रेसले दियो ‘विद्रोह’को मान्यता


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तत्कालीन सरकारको नेतृत्व गरेको नेकपा (एमाले)ले जेनजी पुस्ताका युवाहरूले गत भदौ २३ र २४ गते गरेको आन्दोलनलाई देशी विदेशी षडयन्त्र भनेकोमा कांग्रेसले भने त्यसलाई विद्रोहको रूपमा आधिकारिक परिभाषित गरेको छ ।

कांग्रेसको चालु दोस्रो विशेष महाधिवेशनमा महामन्त्री गगन थापाद्वारा प्रस्तुत राजनीतिक प्रस्तावमा भदौ २३ र २४ नवयुवाको आह्वानमा विद्रोह भएको उल्लेख गरिएको छ । 

‘एउटै र बारम्बार असफल पुष्टि भइसकेको नेतृत्वको निरन्तरता, सार्वजनिक संस्थाहरूको विश्वसनीयताको क्षयीकरण, कुशासन र भ्रष्टाचारजस्ता विकृति र विसंगतिविरुद्ध जनताको विस्फोटको रूपमा थियो त्यो विद्रोह’ प्रस्तुत राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

जेन-जी विद्रोहको मर्म परिवर्तन भएको भन्दै जेन-जी विद्रोहको सन्देश ग्रहण गर्दै विशेष महाधिवशेनबाट भविष्यको यात्रा तय गर्नुपर्ने थापाद्वारा प्रस्तावित राजनीतिक प्रस्तावमा उल्लेख छ ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  १ : ४७ बजे

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ– यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत्

बैतडीमा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

बैतडी– जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन  नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना