विशेष महाधिवेशनले संकटमा परेपछि कानुन व्यवसायी र पार्टी पदाधिकारीसँग छलफल गर्दै देउवा « Khabarhub

विशेष महाधिवेशनले संकटमा परेपछि कानुन व्यवसायी र पार्टी पदाधिकारीसँग छलफल गर्दै देउवा


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र पार्टी पदाधिकारीहरूलाई निवासमा झिकाएका छन् ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले चौधौँ महाधिवेशनबाट निर्वाचित आफू नेतृत्वको कार्यसमितिविरुद्ध बुहमत महाधिवेशन प्रतिनिधि जुटाएपछि संकटमा परेका देउवाले छलफल तीव्र पारेका हुन् ।

उनले पदाधिकारी र कानुन व्यवसायीलाई छलफलका लागि महाराजगञ्जस्थित निवासमा बोलाएका हुन् ।

सभापति देउवाले सोमबार दिउँसो ३ बजेदेखि आफूनिकट पार्टीसम्बद्ध कानुन व्यवसायी र पार्टी पदाधिकारीहरू बोलाएर छलफल चलाइरहेका छन् ।

काठमाडौंको भृकुटीमण्डमा विशेष महाधिवेशनको दोस्रो दिन बन्दसत्र चलिरहँदा सभापति देउवाले आफूनिकट कानुन व्यवसायीसँग छलफल थालेर सम्भावित कानुनी विकल्पबारे रणनीति बनाउन लागेका हुन् ।

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले सभापति देउवा नेतृत्वको कार्यसमिति विघटन गर्ने प्रस्ताव अघि सारिसकेको छ।

विशेष महाधिवेशनमा नीति र नेतृत्व दुवै परिवर्तन गर्नुपर्ने बहस चर्को रुपमा भइरहँदा देउवा र अर्का नेता डा. शेखर कोइराला संकटमाद परेका छन् ।

देउवाले आफूनिकट कानुन व्यवसायी, पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई छलफल गरेर विशेष महाधिवेशनको निर्णयविरुद्ध कानुनी चुनौती दिने विकल्पमा जान लागेको ठानिएको छ ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ३ : ४५ बजे

एक करोड लागतमा पुस्तकालय भवन निर्माण

दमौली– यहाँको देवघाट गाउँपालिका–५ मा एक करोड लागतमा देवघाट सार्वजनिक

अर्थसंक्षेप : नेप्सेमा सामान्य गिरावट, भक्तपुर चेम्बरको अध्यक्षमा श्रेष्ठ निर्विरोध र एआई पहलमा भारतलाई अमेरिकी निम्तो

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ निर्विरोध लामोसमयदेखि शैक्षिक विकासको

विशेष महाधिवेशन पक्षधरको चेतावनी : सभापति नआए भोलि नै नयाँ नेतृत्व घोषणा हुन्छ

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षीय नेताहरूले बहुमत प्रतिनिधिको आवाजलाई

‘कांग्रेसको विशेष महाधिवेशनका पक्षमा पुगे ६३ प्रतिशत प्रतिनिधि’

काठमाडौं- काठमाडौंमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा ६३

इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सयौँको ज्यान जानेगरी भएको प्रदर्शनलाई