महेश बस्नेतको जिकिर : रवि-बालेन ‘पानीका फोका’ मात्रै, एमालेलाई कसैले रोक्न सक्दैन « Khabarhub

महेश बस्नेतको जिकिर : रवि-बालेन ‘पानीका फोका’ मात्रै, एमालेलाई कसैले रोक्न सक्दैन


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलसहितका नयाँ शक्तिहरूलाई पानीका फोकाको संज्ञा दिएका छन् ।

एमाले बागमती प्रदेश र बागमती सम्पर्क कमिटीको संयुक्त भेलालाई काठमाडौंमा सोमबार सम्बोधन गर्दै बस्नेतले नयाँ दलहरूको उदय क्षणिक भएको बताउँदै एमालेलाई कसैले रोक्न नसक्ने जिकिर पनि गरे ।

एमाले अध्यक्ष केपी शर्मा ओलीका भित्रियामध्ये एक बस्नेतले नयाँ शक्तिहरू देशको ठोस राजनीतिक विचार र सङ्गठनबाट नभई जनताको निराशामा टेकेर उदाएको दाबी गरे ।

‘यी रवि, बालेनहरू पानीका फोका जस्तै हुन्,’ उनले भने, ‘यिनीहरू सामाजिक सञ्जालको भ्रम र विदेशी शक्तिले खडा गरेका क्षणिक पात्र मात्रै हुन्। यी सडेका, गलेका र कुहिएका अनुभव हुन्।’

बस्नेतले सामाजिक सञ्जालको भर्चुअल दुनियाँ र देशको धरातलीय यथार्थ भिन्न रहेको बताउँदै एमाले कार्यकर्ताहरूलाई भ्रममा नपरी आफ्नो अभियानमा लाग्न पनि अपील गरे ।

बस्नेतले निर्वाचनमा एमालेलाई एकल बहुमत ल्याउनबाट रोक्न विदेशी शक्तिहरूले नयाँ दल र पात्र खडा गरेको दाबी गरे ।

‘मिसन ०८४ मा एमालेलाई रोक्ने डिजाइनअन्तर्गत यिनीहरूलाई अगाडि सारिएको हो,’ उनले भने, ‘तर एमालेले यो भ्रम चिरेर अघि बढ्छ, बढिसकेको छ। एमालेलाई कसैले रोक्न सक्दैन।’

रवि लामिछानेप्रति आक्रामक बस्नेतले भने रास्वपाले राष्ट्रियता कमजोर बनाएको बताए । ‘रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी खोलेर राष्ट्रियता बलियो बनाएको होइन, बरू राष्ट्रियता झुकाउने काम भएको छ’, उनले भने ।

बस्नेतले नयाँ दलहरूसँग स्पष्ट विचार, गन्तव्य र अडान नभएको पनि दाबी गरेका छन् । एमालेविरुद्ध चौतर्फी घेराबन्दी हुँदा पनि पार्टी सशक्त रूपमा उभिएको बताउँदै उनले अब आफूहरू रक्षात्मक नई, आक्रामक रणनीतिसहित अघि बढ्ने बताए ।

सामाजिक सञ्जालको भ्रम चिर्न र अराजकता नियन्त्रण गर्न एमालेले साइबर सर्कल र युथ फोर्स जस्ता संयन्त्रलाई थप प्रभावकारी र सशक्त बनाउने दाबी बस्नेतले गरेका छन् ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ४ : २२ बजे

वर्षायाममा पुनर्निर्मित बीपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक– पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको हाल स्थायी रूपमा पुनर्निर्माण

होर्मुज बन्द : विश्व बजारमा दबाब

एजेन्सी– इरानले कच्चा तेल आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने स्ट्रेट

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ प्रतिशत

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को आठ

कालोपट्टी बाँधेर सडकमा जेन-जी : कार्की आयोगको पूरा प्रतिवेदन खै ? 

काठमाडौं– जेन-जी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले

ट्रम्प-सी भेटअघि उच्चस्तरीय प्रतिनिधिहरूबीच व्यापार वार्ता 

एजेन्सी– अमेरिका र चीनबीच लामो समयदेखि जारी व्यापारिक तनावलाई व्यवस्थापन