एआई पहलमा भारतलाई अमेरिकी निम्तो « Khabarhub

एआई पहलमा भारतलाई अमेरिकी निम्तो


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आपूर्ति शृङ्खलालाई सुरक्षित गर्ने उद्देश्यले अमेरिकाको नेतृत्वमा सुरु गरिएको नयाँ अन्तर्राष्ट्रिय पहलमा सहभागी हुन भारतलाई आगामी महिना औपचारिक रूपमा आमन्त्रण गरिने नयाँदिल्लीका लागि नवनियुक्त अमेरिकी राजदूत सर्जियो गोरले बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अगस्टमा भारतले रुसी तेल खरिद जारी राखेको आरोप लगाउँदै अधिकांश भारतीय आयातमा ५० प्रतिशत कर लगाएपछि दुई देशबीचको सम्बन्धमा केही चिसोपन आएको थियो । यद्यपि, दुवै पक्षले लामो समयदेखि रोकिएको व्यापार सम्झौतामा वार्ता अघि बढाइरहेका छन् ।

अमेरिकी दूतावासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राजदूत गोरले संयुक्त राज्य अमेरिकाले गत महिना सुरु गरेको ‘प्याक्स सिलिका’ पहलको पूर्ण सदस्य बन्न भारतलाई आग्रह गरिने जानकारी दिए । 

अमेरिकाको नेतृत्वमा अघि बढाइएको यस प्रयासमा जापान, दक्षिण कोरिया, सिङ्गापुर र अस्ट्रेलियाजस्ता प्रमुख एसिया–प्यासिफिक साझेदारहरूसँगै इजरायल पनि सहभागी छन् । यस पहलको मुख्य उद्देश्य एआई आपूर्ति शृङ्खलामा चीनको बढ्दो प्रभुत्वलाई सन्तुलनमा ल्याउनु हो ।

‘शान्ति’ र ‘सिलिकन’ का लागि प्रयोग हुने ल्याटिन शब्दबाट नामकरण गरिएको ‘प्याक्स सिलिका’ गठबन्धनले चीनमा निर्भर नरहने गरी अत्यावश्यक प्रविधि र कम्पोनेन्टहरूको सुरक्षित आपूर्ति शृङ्खला निर्माण गर्ने लक्ष्य राखेको छ ।

“विश्वले द्रुत गतिमा नयाँ प्रविधि अँगाल्दै गएको सन्दर्भमा यो पहलको सुरुदेखि नै भारत र संयुक्त राज्य अमेरिकाले मिलेर काम गर्नु अत्यावश्यक छ”, गोरले आफ्नो कार्यभार सम्हाल्नुअघि भने।

भारतलाई अमेरिकाका लागि ‘कुनै पनि साझेदारभन्दा कम महत्त्वपूर्ण नभएको’ मुलुकका रूपमा वर्णन गर्दै उनले द्विपक्षीय सम्बन्धलाई ‘अर्को स्तरमा’ पुर्‍याउने स्पष्ट जनादेश लिएर आफू आएको उल्लेख गरे। उनका अनुसार यो सम्बन्ध ‘विश्वको सबैभन्दा पुरानो लोकतन्त्र र विश्वको सबैभन्दा ठूलो लोकतन्त्र’ बीचको साझेदारी हो ।

राजदूत गोरले राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको व्यक्तिगत सम्बन्धले पनि द्विपक्षीय सहकार्यलाई बल दिएको उल्लेख गरे। 

‘संयुक्त राज्य अमेरिका र भारत साझा हितले मात्र होइन, उच्च स्तरको आपसी सम्बन्धले पनि जोडिएका छन् । वास्तविक मित्रहरूबीच असहमति हुन सक्छ, तर अन्ततः आफ्ना मतभेद समाधान गर्न सक्छन्’, उनले भने।

उनले चलिरहेको व्यापार वार्ताप्रति आशावाद व्यक्त गर्दै दुवै देश सम्झौतामा पुग्न दृढ रहेको बताए।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ५ : ११ बजे

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ

आठ घण्टापछि खुल्यो मुग्लिन-काठमाडौँ सडक

काठमाडौँ– पृथ्वीराजमार्ग अन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाइएपछि नारायणगढ–काठमाडौँ

दाजुभाइको दीर्घायुको कामना गर्दै रानाथारू महिलाले मनाए तीज

कञ्चनपुर– छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायका महिलाहरूले

नाइमा मोबिलिटी एक्स्पोको आज सकिँदै

काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज