अञ्जनाको गुनासो सम्बोधन भएको ‘परिवर्तन’को ट्रेलर « Khabarhub

अञ्जनाको गुनासो सम्बोधन भएको ‘परिवर्तन’को ट्रेलर


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘पुजार सार्की’बाट फुल फ्लेज नायिका बनेकी अञ्जना बराइलीको गुनासो थियो– मलाई ग्रामिण महिलाभन्दा बाहिरको भूमिका निर्वाह गर्न मन छ ।

‘पूजार सार्की’मा उनी ग्रामिण युवतीको भूमिकामा थिइन् । त्यसपछिको अर्को फिल्म ‘पूर्णबहादुरको सारङ्गी’मा उनी पूर्ण ग्रामिण महिलाको भूमिकामा देखिइन् ।

‘महाभोज’मा उनी सहरको विवाहित महिलाको भूमिकामा देखिइन् । यही दौरान खबरहबसँग उनले भनेकी थिइन्, ‘मलाई ग्रामिण महिलाभन्दा फरक भूमिका निर्वाह गर्ने इच्छा यो फिल्ममा केही पूरा भएको छ ।’

‘महाभोज’पछिको फिल्म ‘डोरी’मा पनि ग्रामिण परिवेशकै भूमिकामा देखिइन् ।

उनै अञ्जनाको अर्को फिल्म ‘परिवर्तन’को ट्रेलर सोमबार सार्वजनिक भएको छ । एक्सन जनारामका बनेको यस फिल्ममा अञ्जना प्रहरी इन्सपेक्टरको भूमिकामा देखिएकी छन् ।

यस फिल्मको ट्रेलरमा भने उनले बोल्ड अवतारमा प्रस्तुत भएर राइफल चलाइरहेको देख्न सकिन्छ । अर्थात्, उनको बोल्ड भएर ठूलो पर्दामा देखिने चाहान यो फिल्ममा केही हदसम्म सम्बोधन भएको छ ।

फिल्मको ट्रेलरको कुरा गर्दा नायक सुशील पूर्ण एक्सन अवतारमा प्रस्तुत भएका छन् । तीन मिनेट लामो ट्रेलरमा एक्सन दृश्यले नै स्थान पाएका छन् । मारकाट, गन फायर र फाइटका दृश्यहरु ट्रेलरमा देख्न सकिन्छ ।

ट्रेलरले फिल्म राजनीतिक कथामा आधारित भएर बनेको प्रष्ट पारेको छ । निर्देशक विजय केरुङ भन्छन्, ‘एक्सनसँगै सामाजिक सन्देश दिने फिल्म हो । त्यहीअनुसार ट्रेलर काटिएको छ ।’

दिव्यासी फिल्म्सको ब्यानरमा बनेको यस फिल्मको कथा दीपक सिवाकोटी र पटकथा शिवम् अधिकारीले लेखेका हुन् । सिवाकोटीले नै यस फिल्मका निर्माता हुन् ।

ट्रेलर :

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ६ : १७ बजे

विशेष महाधिवेशनकाे कार्यतालिका संशोधन, मंगलबार पनि बन्दसत्र र नाम दर्ता हुने

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको कार्यतालिका संशोधन गरिएको

कांग्रेस विशेष महाधिवेशन : मंगलबार नेतृत्व चयनका प्रक्रिया सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत मंगलबार पार्टीको नीति

सिन्धुलीकी टङ्कमायाको हत्यामा संलग्न रहेको अरोपमा दुई जना पक्राउ

सिन्धुली – जिल्लाको तिनपाटन गाउँपालिका–३ कोल्वोटेकी ५३ वर्षीया टङ्कमाया बुढाथोकीको

पर्वतारोहण सङ्घलाई एकाधिकार दिन मिल्दैनः मन्त्री सिन्हा

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले नेपाल

१५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुननिर्माण सुरु

काठमाडौं – काठमाडौंको प्राचीन र सांस्कृतिक बस्ती ‘ग्वलः दे’ (पशुपति