अञ्जनाको गुनासो सम्बोधन भएको ‘परिवर्तन’को ट्रेलर « Khabarhub

अञ्जनाको गुनासो सम्बोधन भएको ‘परिवर्तन’को ट्रेलर


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘पुजार सार्की’बाट फुल फ्लेज नायिका बनेकी अञ्जना बराइलीको गुनासो थियो– मलाई ग्रामिण महिलाभन्दा बाहिरको भूमिका निर्वाह गर्न मन छ ।

‘पूजार सार्की’मा उनी ग्रामिण युवतीको भूमिकामा थिइन् । त्यसपछिको अर्को फिल्म ‘पूर्णबहादुरको सारङ्गी’मा उनी पूर्ण ग्रामिण महिलाको भूमिकामा देखिइन् ।

‘महाभोज’मा उनी सहरको विवाहित महिलाको भूमिकामा देखिइन् । यही दौरान खबरहबसँग उनले भनेकी थिइन्, ‘मलाई ग्रामिण महिलाभन्दा फरक भूमिका निर्वाह गर्ने इच्छा यो फिल्ममा केही पूरा भएको छ ।’

‘महाभोज’पछिको फिल्म ‘डोरी’मा पनि ग्रामिण परिवेशकै भूमिकामा देखिइन् ।

उनै अञ्जनाको अर्को फिल्म ‘परिवर्तन’को ट्रेलर सोमबार सार्वजनिक भएको छ । एक्सन जनारामका बनेको यस फिल्ममा अञ्जना प्रहरी इन्सपेक्टरको भूमिकामा देखिएकी छन् ।

यस फिल्मको ट्रेलरमा भने उनले बोल्ड अवतारमा प्रस्तुत भएर राइफल चलाइरहेको देख्न सकिन्छ । अर्थात्, उनको बोल्ड भएर ठूलो पर्दामा देखिने चाहान यो फिल्ममा केही हदसम्म सम्बोधन भएको छ ।

फिल्मको ट्रेलरको कुरा गर्दा नायक सुशील पूर्ण एक्सन अवतारमा प्रस्तुत भएका छन् । तीन मिनेट लामो ट्रेलरमा एक्सन दृश्यले नै स्थान पाएका छन् । मारकाट, गन फायर र फाइटका दृश्यहरु ट्रेलरमा देख्न सकिन्छ ।

ट्रेलरले फिल्म राजनीतिक कथामा आधारित भएर बनेको प्रष्ट पारेको छ । निर्देशक विजय केरुङ भन्छन्, ‘एक्सनसँगै सामाजिक सन्देश दिने फिल्म हो । त्यहीअनुसार ट्रेलर काटिएको छ ।’

दिव्यासी फिल्म्सको ब्यानरमा बनेको यस फिल्मको कथा दीपक सिवाकोटी र पटकथा शिवम् अधिकारीले लेखेका हुन् । सिवाकोटीले नै यस फिल्मका निर्माता हुन् ।

ट्रेलर :

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ६ : १७ बजे

सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, अन्य केही गम्भीर घाइते

काठमाडौं- कर्फ्यु आदेश जारी भएपछि पनि तनाव चुलिएका बेला सिरहाको गोलबजारमा

मनिष झाले आफ्नै सरकारको आलोचना गर्दै भने : सुरक्षा संवेदनशीलतालाई सम्बोधन गर्न सकेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद मनिष झाले सुरक्षा संवेदनशीलतालाई संघीय

मेगा बजेट फिल्म ‘रामायण’को ट्रेलर सार्वजनिक, राम–रावण बनेका रणवीर-यशको टकराव

काठमाडौं – मेगा बजेटका कारण चर्चामा रहेको नायक रणवीर कपुर

हल्दीबारीका विपन्न र दलित समुदायलाई स्वरोजगार सामग्री वितरण

भद्रपुर– यहाँको हल्दीबारी गाउँपालिकाले अपाङ्गता भएका, विपन्न तथा दलित समुदायका

धनुषाका केही क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम- जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन