पर्वतारोहण सङ्घलाई एकाधिकार दिन मिल्दैनः मन्त्री सिन्हा « Khabarhub

पर्वतारोहण सङ्घलाई एकाधिकार दिन मिल्दैनः मन्त्री सिन्हा


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले नेपाल पर्वतारोहण सङ्घलाई एकाधिकार दिन नमिल्ने बताएका छन् ।

आज सिंहदरबारमा बसेको राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा उनले सङ्घ नागरिकले जस्तै संस्था दर्ता ऐनअन्तर्गत स्थापना भएकाले एउटा संस्थालाई मात्रै एकाधिकार दिनेकुरा जायज नहुने बताएका हुन् ।

मन्त्री सिन्हाले मुलुकको परिवर्तित सन्दर्भ र सङ्घीयताअनुसार पनि एउटै संस्थालाई एकाधिकार हुनेगरी कानुनी व्यवस्था गर्न उपयुक्त नहुने उल्लेख गरे ।

उनले भने, ‘नेपाल पर्वतारोहण सङ्घले हालसम्म गरी आएको काम र योगदान अतुलनीय छ, तथापि यो संस्थाको सुरुआत र स्थापना कसरी भएको छ भनेर हेर्नुपर्छ । उहाँहरूले संस्था दर्ता ऐनअन्तर्गत केही सीमित व्यक्तिहरूबाट सुरु गरेर हाल ठूलो आकारमा काम गरिराख्नुभएको छ । यस्तै प्रकृतिका अरु संस्था पनि छन् । त्यसैले एउटालाई एकाधिकार दिने कुरा राम्रो हुँदैन ।’

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ८ : ४१ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र