वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य « Khabarhub

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन समूह र विशेष महाधिवेशन समूहले वार्ता समिति बनाएका छन् ।

पार्टी संस्थापन समूहका तर्फबाट कार्यबाहक सभापति पूर्णबहादुर खड्का र रमेश लेखक सदस्य छन् । उता विशेष महाधिवेशन पक्षबाट नेताहरू प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सदस्य छन् ।

यसअघि सोमबार दिउँसो नेता शेखर कोइरालाले महामन्त्री विश्वप्रकाश शर्मासँग छलफल गरेर दुई समूहबीच छलफलको वार्ताको वातावरण बनाउन समिति बनाउने प्रस्ताव गरेका थिए । त्यसलगत्तै देउवालाई उनले यसबारे जानकारी गराएका थिए ।

कांग्रेसको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेका थिए । तर सभापति शेरबाहदुर देउवासहित संस्थापन समूहले त्यसलाई दबाउन खोजेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आह्वान गरेका थिए ।

सोहीअनुसार आइतबार विशेष महाधिवेशन उद्घाटन भयो । आज सोमबारको बन्दसत्रमा केन्द्रीय समिति विघटनको प्रस्ताव पनि पेस गरिएको छ । बहुमत सदस्य पार्टी विशेष महाधिवेशनको पक्षमा रहेको थाहा पाएको संस्थापन समूह बल्लतल्ल वार्ताका लागि तयार भएको हो ।

विशेष महाधिवेशन आजसम्म भनिए पनि भोलिसम्मलाई लम्ब्याइएको छ ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  १० : ०३ बजे

वर्षायाममा पुनर्निर्मित बीपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक– पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको हाल स्थायी रूपमा पुनर्निर्माण

होर्मुज बन्द : विश्व बजारमा दबाब

एजेन्सी– इरानले कच्चा तेल आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने स्ट्रेट

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ प्रतिशत

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को आठ

कालोपट्टी बाँधेर सडकमा जेन-जी : कार्की आयोगको पूरा प्रतिवेदन खै ? 

काठमाडौं– जेन-जी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले

ट्रम्प-सी भेटअघि उच्चस्तरीय प्रतिनिधिहरूबीच व्यापार वार्ता 

एजेन्सी– अमेरिका र चीनबीच लामो समयदेखि जारी व्यापारिक तनावलाई व्यवस्थापन