एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म « Khabarhub

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष महाधिवेशन पक्षबीच वार्ता समिति बनेको छ । समितिमा संस्थापनबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का र रमेश लेखक छन् । उता विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, देवराज चालिसे र मधु आचार्य छन् ।

त्यस्तै विशेष महाधिवेशनले एकताका लागि विभिन्न शर्तहरू अघि सारेको छ । नेताहरूका अनुसार विशेष पक्षले ७ वटा शर्त राखेको छ ।
यस्ता छन् शर्तहरू

– विशेष महाधिवेशनको राजनीतिक स्वामित्व केन्द्रीय समितिले लिनुपर्ने ।

– विशेष महाधिवेशनमा पेस भएका, संकलन गरिएका प्रस्ताव र सुझावहरूलाई कांग्रेस केन्द्रीय समितिले ग्रहण गर्ने ।

– फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीले कुनै पनि अन्य राजनीतिक
दलसँग गठबन्धन नगर्ने ।

– उम्मेदवारहरू चयन गर्न विधान बमोजिम संसदीय बोर्ड गठन
गर्ने । बोर्डमा विशेष महाधिवेशन पक्षधरहरूको सम्मानजनक
उपस्थिति हुनुपर्ने ।

– टिकट वितरणमा एकलौटी गर्न नपाइने ।

– निर्वाचनमा उम्मेदवारलाई वितरण गर्ने टिकटमा देउवाको हस्ताक्षर हुन नहुने, कार्यवाहकको हुनुपर्ने

– विशेष महाधिवेशनको समापनमा कार्यवाहक सभापति र शेखर कोइराला पनि सहभागी हुनुपर्ने ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  १० : ४५ बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली