म्यान्मारको चुनावमा चिनियाँ स्वार्थ « Khabarhub

म्यान्मारको चुनावमा चिनियाँ स्वार्थ


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- म्यान्मारमा धुमधामसँग चुनावको आयोजना गरिएपनि सबैभन्दा ठूलो शहर याङ्गुनमा मतदानको उत्साह खासै थिएन । सन् २०२० पछि पहिलो पटक म्यान्मारमा निर्वाचन भएको हो ।

यसका लागि अन्य अन्तर्राष्ट्रिय मिडियाजस्तै बेलायती अखबार द टेलिग्राफलाई पनि पहुँच दिइएको थियो । पाँच वर्षभन्दा लामो गृहयुद्धपछि म्यान्मारको सैन्य शासनले शान्ति, स्थीरता र ‘अनुशासित लोकतन्त्र’ को प्रवद्र्धनका लागि भन्दै चुनावको आयोजना गरेको हो ।

यद्यपि यसमा थोरै मात्रै आशावादी देखियो । सैन्य सरकारको नियन्त्रणमा रहेका याङगुन र माण्डलेजस्ता ठूला शहरमा मतदाताको सङ्ख्या न्यून देखिन्थ्यो ।

यसका विपरीत सन् २०२० मा आयोजित निर्वाचनमा अझै पनि प्रिय नेतृको छवि बनाएकी आङ सान सूकीलाई निर्वाचित गराउन मतदातामाझ ठूलो उत्साह देखिन्थ्यो ।

डिसेम्बर २८ देखि जनवरी २५ सम्म तीन चरणमा आयोजना हुने निर्वाचनले ठूलो परिवर्तन ल्याउने अपेक्षा भने कम छ । तर, म्यान्मारको सैन्य सरकारलाई निकट साझेदार चीनको भरपूर समर्थन छ । उत्तरी छिमेकी चीनसँग म्यान्मारको १ हजार ३ सय माइल लामो सीमा कायम छ ।

अमेरिकाको प्रभावक्षेत्रमा भेनेजुएला भएजस्तै चिनियाँ प्रभावक्षेत्रमा म्यान्मार अवस्थित छ । मेकङ क्षेत्रमा बढ्दो अस्थीरताले चीनको आर्थिक हितमा असर पारिरहेको छ । म्यान्मारको सीमाक्षेत्रमा कायम कानुनहिनताले चिनियाँ नागरिक र सरकारलाई सतर्क बनाएको छ ।

यस निर्वाचनले नयाँ मोड ल्याउने चीनको अपेक्षा छ । तर, अवस्था भने त्यति सजिलो देखिँदैन । भेनेजुएलाजस्तै म्यान्मारबाट दशौँ लाख नागरिक विस्थापित भएका छन् भने जीवन बिताउन समेत म्यान्मारका नागरिकहरु संघर्षरत छन् ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ३ : ०२ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ