विश्वकपमा वेस्ट इन्डिजको लगातार दोस्रो जित : इंग्ल्यान्ड ३० रनले पराजित « Khabarhub

विश्वकपमा वेस्ट इन्डिजको लगातार दोस्रो जित : इंग्ल्यान्ड ३० रनले पराजित


२९ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

मुम्बई – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत बुधबार राति भएको खेलमा वेस्ट इन्डिजसँग इंग्ल्यान्ड ३० रनले पराजित भएको छ ।

मुम्बईको वानखेडे स्टेडियममा सुरुमा ब्याटिङ गरेको वेस्ट इन्डिजले दिएको १९७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९ ओभरमा १६६ रन बनाउँदा अलआउट भएको हो ।

टस जितेर पहिले बलिङ रोजेको इंग्ल्यान्डविरुद्ध वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि शेरफन रदरफोर्डले उत्कृष्ट ब्याटिङ गर्दै ४२ बलमा अविजित ७६ रनको इनिङ खेले । उनले २ चौका र ७ छक्का प्रहार गर्दै टोलीलाई प्रतिस्पर्धी स्कोरमा पुर्‍याएका थिए। त्यसैगरी जेसन होल्डरले १७ बलमा ३३ रन जोडे भने रोस्टन चेजले ३४ रनको योगदान दिए ।

इंग्ल्यान्डका बलर आदिल राशिदले २ विकेट लिएसँगै ऐतिहासिक उपलब्धि हासिल गरेका छन् । राशिद प्रतियोगितामा इंग्ल्यान्डका लागि सर्वाधिक विकेट लिने बलर बन्नुका साथै टी–२० क्रिकेटमा ४०० विकेट पूरा गर्ने कीर्तिमान बनाउन सफल भए ।

केही ऐतिहासिक रेकर्ड बने पनि इंग्ल्यान्डले खेल जित्न सकेन १९७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डका लागि साम करनले सर्वाधिक ४३ रन बनाउँदा ज्याकल बेथेलले ३३, जोस बटलरले २१ रन जोड्दा कप्तान ह्यारी ब्रुकले १७ रनमात्र बनाउन सके । इंग्ल्यान्डलाई सस्तैमा समेट्न वेस्ट इन्डिजका लागि गुडाकेश मोतीले तीन विकेट हात पारे ।

यसअघि इंग्ल्यान्डले आफ्नो पहिलो खेलमा नेपाललाई ४ रनले पराजित गरेको थियो भने वेस्ट इन्डिजले स्कटल्यान्डलाई ३५ रनले हराएको थियो ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  ६ : ४८ बजे

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि