प्रदेश आयुर्वेद चिकित्सालय दमौलीबाट १६ हजार बढीले लिए सेवा « Khabarhub

प्रदेश आयुर्वेद चिकित्सालय दमौलीबाट १६ हजार बढीले लिए सेवा


२९ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

तनहुँ– प्रदेश आयुर्वेद चिकित्सालय दमौलीबाट छ महिनाको अवधिमा १६ हजार ६३१ जनाले स्वास्थ्य सेवा लिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म उक्त सङ्ख्यामा बिरामीले उपचार सेवा लिएका हुन् ।

कार्यालयका अनुसार श्रावण महिनामा दुई हजार ६५३, भदौमा एक हजार ८९९, असोजमा एक हजार ४८३ जना बिराीले उपचार सेवा लिएका छन् । यसैगरी कात्तिकमा दुई हजार १३७, मङ्सिरमा तीन हजार ८२२ र पुस महिनामा चार हजार ६३७ जना रहेका छन् ।

पछिल्लो समय प्रदेश आयुर्वेद चिकित्सालयमा उपचार गर्न आउने बिरामीको आकर्षण बढ्दै गएको वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईंले जानकारी दिए । उनले भने, ‘आयुर्वेदिक उपचार विधिलाई प्रभावकारी बनाइएसँगै उपचारका लागि आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ ।’

चिकित्सालयमा तनहुँसहित जिल्लाको सिमानामा पर्ने गोरखा, लमजुङ, स्याङ्जा, कास्कीलगायत स्थानबाट पनि उपचारका लागि बिरामी आउने गरेका छन् ।

कार्यालयले सञ्चालनमा ल्याएको बहिरङ्ग सेवाबाट सबैभन्दा धेरै छ हजार १६३ जनाले सेवा लिएका छन् ।

यसैगरी, पञ्चकर्मबाट पाँच हजार ९०६, योग सेवाबाट तीन हजार १०७, फिजियोथेरापीबाट एक हजार ८६, प्रयोगशालाबाट १५९, स्तनपायी आमा तथा शिशु सेवाबाट ७६, शिरोधाराबाट २९ र क्षारसूत्रमा एक जना लाभान्वित भएका छन् ।

विशेषगरी ग्याष्ट्रिक, बाथरोग, नसारोग, छालाजन्यका बिरामी उपचारका लागि बढी आउने गरेको कार्यालय प्रमुख एवं आयुर्वेद डा. नारायण श्रेष्ठले बताए ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  ७ : ५९ बजे

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण

कांग्रेसले महाधिवेशन असोजमै, राष्ट्रिय सभागृहको हल बुकिङका लागि पत्र

काठमाडौं- नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी