दोस्रो त्रैमासमा नेपाल टेलिकमको खुद नाफा १२.९८ प्रतिशत घट्यो « Khabarhub

दोस्रो त्रैमासमा नेपाल टेलिकमको खुद नाफा १२.९८ प्रतिशत घट्यो


२९ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा १२.९८ प्रतिशतले घटेको छ ।

यस अवधिसम्म कम्पनीको कुल सञ्चालन आय १७ अर्ब २९ करोड ९७ लाख ३० हजार रुपैयाँ पुगेको छ । यो रकम गत वर्षको सोही अवधिको १७ अर्ब ४९ लाख २५ हजार रुपैयाँको तुलनामा १.७३ प्रतिशतले बढी हो । तर कुल आय भने १९ अर्ब २२ करोड ७२ लाख ६६ हजार रुपैयाँमा सीमित भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १.५ प्रतिशतले कम हो ।

दोस्रो त्रैमाससम्म कम्पनीको ईबीआईटीडीए ९ अर्ब ७७ करोड ७० लाख ६२ हजार रुपैयाँ रहेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २.६० प्रतिशतले कम हो । यस्तै कर अघिको मुनाफा ५ अर्ब ९१ करोड ४३ लाख रुपैयाँ रहेको छ, जुन ४.५९ प्रतिशतले घटेको हो।

खुद मुनाफा ४ अर्ब १६ करोड ४५ लाख ९ हजार रुपैयाँमा झरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ७८ करोड ५९ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। जुन १२.९८ प्रतिशतले कमि भएको हो । कम्पनीको प्रति शेयर आम्दानी वार्षिकीकरण गर्दा ४६ रुपैयाँ २७ पैसा रहेको छ।

कम्पनीका अनुसार ओटीटी सेवाको व्यापक प्रयोगका कारण विदेशबाट आउने आगमन कल घट्दा अन्तरआवद्धता आयमा करिब ६.१४ प्रतिशतले कमी आएको छ। ओटीटी सेवाले समग्र भ्वाइस र एसएमएस आम्दानीमा पनि असर गरेको जनाएको छ।

ब्याजदर क्रमशः घट्नु र लगानीको मूल्य परिवर्तनका कारण व्याज आय ३२ प्रतिशतले घटेको छ। विकट तथा दुर्गम क्षेत्रमा सेवा विस्तार र गुणस्तर सुधारका लागि उच्च लागत व्यहोर्नुपरेको कम्पनीको भनाइ छ । दररेटसम्बन्धी नीति परिवर्तनका कारण सेवा शुल्क कटौती हुँदा राजश्वमा अपेक्षित वृद्धि हुन नसकेको पनि उल्लेख गरिएको छ ।

कर्मचारी बीमा र पेन्सन दायित्व बढ्दा कर्मचारी खर्च ११.५ प्रतिशतले वृद्धि भएको छ। विदेशी विनिमय दर परिवर्तनका कारण विदेशी मुद्रा सटही नाफा भने १५० प्रतिशतले बढेको छ। लेखा नीतिअनुसार जिन्सी मौज्दातमा थप व्यवस्था गर्दा इम्पेयरमेन्ट खर्च १८ करोड ३५ लाख रुपैयाँले बढेको छ। साथै चालु कर गत वर्षको तुलनामा ५५.५६ प्रतिशतले वृद्धि भएको छ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  ११ : ४४ बजे

दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

नारायणगढ– बछ्यौलीका महिलाले सामूहिक दूध विविधिकरण पसल सञ्चालनमा ल्याएका छन्

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै