राजपाल यादवको संकटमा सलमान–अजयसहित बलिउड कलाकारहरूको साथ « Khabarhub

राजपाल यादवको संकटमा सलमान–अजयसहित बलिउड कलाकारहरूको साथ


२९ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


975
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चेक बाउन्स प्रकरणमा तिहाड जेलमा रहेका अभिनेता राजपाल यादवलाई सहयोग गर्न बलिउडका चर्चित कलाकारहरू अघि आएका छन्। सहयोग गर्नेको पछिल्लो सूचीमा सलमान खान र अजय देवगणको नाम पनि जोडिएको छ।

बीबीसी न्युज हिन्दीका अनुसार राजपाल यादवका म्यानेजर गोल्डीले फिल्म उद्योगका थुप्रै ठूला कलाकारहरूले आर्थिक संकटमा परेका यादवलाई साथ दिने प्रतिबद्धता जनाएको बताएका छन्।

गोल्डीले भने, ‘सलमान खान, अजय देवगन, वरुण धवन, सोनु सूदजस्ता ठूला कलाकारहरूले राजपाल यादवलाई सहयोग गर्ने आश्वासन दिनुभएको छ। उहाँको वर्तमान अवस्थालाई लिएर उद्योगभित्र निकै चिन्ता व्यक्त भइरहेको छ।’

उनका अनुसार यी नाम मात्र होइनन्, अन्य धेरै निर्माता, निर्देशक र कलाकारहरूले पनि राजपाल यादवलाई साथ दिने प्रतिबद्धता जनाएका छन्।

आर्थिक विवादका कारण जेलमा रहेका यादवप्रति बलिउड क्षेत्रबाट देखिएको ऐक्यबद्धतालाई अर्थपूर्ण रूपमा हेरिएको छ। कलाकारहरूबीचको सहकार्य र सहयोगको भावनाले अहिले चर्चाको रूप लिएको छ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  १२ : ५० बजे

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी

सर्वोच्चद्वारा राहदानी छपाईसम्बन्धी ठेक्का जर्मन कम्पनीलाई दिने निर्णय सदर

काठमाडौं- सर्वोच्च अदालतले विवादमा परेको राहदानी छपाई सम्बन्धी ठेक्का जर्मन