आगामी संसद्‌मा राप्रपालाई निर्णायक शक्तिका रूपमा स्थापित गर्नुपर्छ : अध्यक्ष लिङ्देन « Khabarhub

आगामी संसद्‌मा राप्रपालाई निर्णायक शक्तिका रूपमा स्थापित गर्नुपर्छ : अध्यक्ष लिङ्देन


२९ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

झापा–  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न निर्वाचनमार्फत पार्टीलाई संसद्‌मा निर्णायक  शक्तिका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् । 

जेसिजले आज यहाँ आयोजना गरेको ककस कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा रहेका समस्याको समाधानका लागि नवीन ढङ्गले सोच्नुपर्ने बेला आएको र त्यसका लागि आफ्नो पार्टीले आवाज उठाइरहेको बताए। 

अध्यक्ष लिङ्देनले नयाँ र पुरानाको चर्चा भइरहेको भन्दै उमेर, पार्टी, अनुहार वा पहिलो पटक उठेकै आधारमा नभइ विचारका हिसाबले त्यसको मूल्यांकन गरिनुपर्ने धारणा राखे। 

उनले दीर्घकालीन शान्ति र स्थायित्वका लागि निर्वाचनअघि नै नवीन राष्ट्रिय सहमति आवश्यक रहेको धारणा राखे।
 

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  ३ : ४० बजे

सरकारलाई जेन-जी घाइतेकी आमाको प्रश्न- मेरो छोराको अप्रेशन कहिले हुन्छ ?

काठमाडौं–  जेन-जी आन्दोलनका घाइते अनिश सापकोटा अहिले उपचारका क्रममा छन् । 

सरकारविरुद्ध नाराबाजीपछि पक्राउ परे जेन-जी आन्दोलनका घाइते

काठमाडौं- नयाँ बानेश्वरस्थित पुरानो संसद भवनमा आयोजित एक कार्यक्रममा सरकारको विरोध

नक्कली मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु, सयभन्दा बढी उपचाररत   

भोपाल- भारतको मध्य प्रदेशस्थित सागर जिल्लाको बाँदा क्षेत्रमा नक्कली मदिरा सेवनबाट

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

बझाङ– बझाङमा मेलाको संरक्षण गर्ने अभिप्रायले भलिबल प्रतियोगिता अनिवार्य गरिएको

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?

काठमाडौं– जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ