बसको ढोकाबाट खसेर बैतडीमा एक जानको मृत्यु « Khabarhub

बसको ढोकाबाट खसेर बैतडीमा एक जानको मृत्यु


२९ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दशरथचन्द– बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट बैतडीतर्फ आइरहेको सु.प.प्र.०२००१ ख १०१७ नम्बरको बसबाट खसेर दशरथचन्द नगरपालिका–८ त्रिपुराका ६५ वर्षीय पदमराज भट्टको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । दशरथचन्द राजमार्गअन्तर्गत दशरथचन्द नगरपालिका–१ गुरुखोलास्थित मोडमा आज साँझ ४ः४० बजेतिर बसको ढोकाबाट खसेर भट्ट घाइते भएका थिए । 

तत्कालै उनलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याएको थियो । अस्पताल पुऱ्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका उनले बताए। 

मृतकको शव अस्पतालमै राखिएको छ । भट्टको टाउकोमा चोट रहेको र कानबाट अत्यधिक रगत बगेका कारण उनको मृत्यु भएको हुन सक्ने जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए ।   

बस र बस चालक दशरथ महरालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  ७ : २६ बजे

सामाजिक सञ्जालमा अशिष्‍टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने

नेपालगन्ज- नेकपा एमाले बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । 

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत गरेन सरकारले

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन

बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा