प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी « Khabarhub

प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी


२९ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आज सोलुखुम्बुलगायत जिल्लाको भ्रमण गरी निर्वाचन तयारी र वस्तुस्थितिबारे जानकारी लिएकी छन् । 

प्रधानमन्त्री कार्कीले सोलुखुम्बुको नाम्चे र सल्लेरीमा स्थानीय बासिन्दा तथा सरकारी निकायका अधिकारीसँग छलफल गरेको उनको सचिवालयले जनाएको छ । 

सल्लेरीमा मुख्य निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेल, प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डे, प्रमुख सेनानी विजय प्रकाश आङ्देम्बे, प्रहरी नायब उपरीक्षक मनोजित कुँवर, सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज पाण्डेय, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थितिमा छलफल भएको थियो । 

सल्लेरीस्थित जिल्ला समन्वय समितिको कार्यालयमा आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत पोखरेल र प्रमुख जिल्ला अधिकारी केसीले निर्वाचन तयारीबारे जानकारी गराएका थिए ।  

प्रमुख जिल्ला अधिकारी केसीले शान्ति सुरक्षाका दृष्टिले कुनै समस्या नरहेको, यहाँको जनजीवन शान्त रहेको र हालसम्म मौसमी प्रतिकूलतासमेत नदेखिएको जानकारी गराएका थिए । विगत केही वर्षयताको मौसमी विवरण हेर्दा फागुनमा हिमपातका घटना कमै भएको उल्लेख गर्दै उनले हिमपात भइहाले उच्च हिमाली क्षेत्रका केही स्थानमा वैकल्पिक व्यवस्था गर्नुपर्ने हुनसक्ने बताए। 

प्रधानमन्त्री कार्कीले हालसम्मको प्रगतिप्रति खुसी व्यक्त गर्दै आगामी निर्वाचन शान्तिपूर्ण र विश्वसनीय वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरिन्। 

‘यो निर्वाचन सामान्य अवस्था र नियमित प्रकृतिको होइन । हामी विशेष अवस्थामा चुनाव गर्दैछौँ । त्यसैले यसलाई विशेष तयारीका साथ सम्पन्न गर्नुपर्छ । सकेसम्म धेरै मतदाता सहभागी गराउन हाम्रो प्रयास रहनुपर्छ’, उनले भनिन्,’स्वतन्त्र र विश्वसनीय वातावरणमा धेरैभन्दा धेरै मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्छ । त्यसका लागि हामीले सकेको सबै प्रयत्न गर्छौं, गर्नुपर्छ । फागुन २१ गते एकैदिनमा देशभर एकसाथ निर्वाचन हुन्छ ।’

प्रधानमन्त्री कार्की नेतृत्वको टोलीले भोजपुरमा पनि निर्वाचन तयारीबारे जानकारी लिएको छ । भोजपुरमा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश नारायणप्रसाद दाहाल र जिल्लास्थित सुरक्षा प्रमुखहरूसँग अन्तरक्रिया गरिएको थियो । 

भोजपुरमा पनि सुरक्षासँग सम्बन्धित चुनौती खासै नरहेको जिल्ला सुरक्षा प्रमुखहरूले जानकारी दिए ।

प्रधानमन्त्री कार्कीसँगै उनका प्रेस सल्लाहकार रामबहादुर रावल, प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलगायतको टोली भ्रमण टोलीमा रहेको छ ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  ७ : ४८ बजे

सामाजिक सञ्जालमा अशिष्‍टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने

नेपालगन्ज- नेकपा एमाले बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । 

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत गरेन सरकारले

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन

बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा