च्याम्पियन्स लिग : लिभरकुजेनले रोक्यो आर्सनललाई बराबरीमा « Khabarhub

च्याम्पियन्स लिग : लिभरकुजेनले रोक्यो आर्सनललाई बराबरीमा


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युइएफए च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा आर्सनल र बायर लिभरकुजेनले १–१ गोलको बराबरी खेलेका छन् । गएराति भएकाे खेलमा लिभरकुजेनका रोबर्ट एन्ड्रिच र आर्सनलका काई हार्भटेजले गोल गरेका थिए ।

खेलको सुरुवातमा दुवै टोलीले राम्रो प्रदर्शन गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको ४६औँ मिनेटमै लिभरकुजेनका रोबर्टले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए ।

खेलको ८९औँ मिनेटमा आर्सनलका हार्भटेजले पेनाल्टीमार्फत गर्दै टोलीलाई हारबाट जोगाउँदै १–१ गोलको बराबरी गरे ।

यो बराबरीसँगै ८ खेलबाट आर्सनल २४ अंकसहित आर्सनललाई शीर्षस्थानमा यथावत रहेको छ । समान खेल खेलेको जिभरकुजेन १२ अंकका सथा १६औँ स्थानमा छ ।

अब यी दुई टोलीबीचको दोस्रो लेग मार्च १८ मा आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा हुनेछ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  ७ : ४१ बजे

तीन तला माथिबाट खस्दा पाँच वर्षीया बालिकाको मृत्यु

बिर्तामोड– झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु

अष्ट्रेलियाकी विदेशमन्त्रीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई

 काठमाडौं– अष्ट्रेलियाले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार सम्हालेकोमा बधाई दिएको

रवि–ज्ञानेन्द्रबीच भेट, उपसभामुखमा सहकार्यको संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का सभापति रवि लामिछाने र

लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रका कर्मचारी जोखिममा

एजेन्सी– लेबनानको दक्षिणी क्षेत्रमा शुक्रबार भएको विस्फोटमा इन्डोनेसियाका तीन कर्मचारी

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प : ८ जनाको मृत्यु

एजेन्सी– अफगानिस्तानमा शुक्रबार साँझ ५.८ म्याग्निच्युडको भूकम्प गएको छ ।