चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन् « Khabarhub

चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय जना अझै फर्किएका छैनन् । ती मध्ये ११ जना भारतीय नागरिक छन् ।

  यस कारागारबाट भदौ २४ गते चार जना नाबालकसहित ७४३ जना कैदीबन्दी भागेका थिए । ती मध्ये ६४३ जना फर्किसकेका छन् । कतिपय आफैँ फर्किएका हुन् भने केहीलाई प्रहरीले पक्राउ गरी ल्याएको हो । कार्यालय प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार गम्भीर प्रकृतिका कैदीबन्दीसमेत फरार हुँदा समुदायमा आपाराधिक घटना हुनसक्ने चिन्ता छ ।

कारागार कार्यालयले गत असोज २० गतेसम्म कारागार कार्यालयको सम्पर्कमा आउनका लागि आग्रह गरेको थियो । कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएमा कारागार ऐन २०७९ र प्रचलित कानुन अनुसार कारबाही गरिने जनाएको थियो । फरार कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यत्तिलाईसमेत कसुरदार ठानी कारबाही गरिने छ ।

हाल कारागारमा ३८ जना महिलासहित ६८५ जना कैदीबन्दी छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  १२ : ०८ बजे

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : बदली र वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्रम्पले सार्वजनिक गरे इरानी विदेशमन्त्रीको विज्ञप्ति : होर्मुज खुला गर्ने प्रतिबद्धता

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी विदेशमन्त्री सैयद अब्बास

अमेरिका-इरान युद्धविरामको प्रभाव: अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौँ – अमेरिका र इरानबीच युद्धविरामको सहमति भएसँगै विश्व अर्थतन्त्र

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारकाका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८२ साल चैत २५ गते बुधबार वैशाख