सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान « Khabarhub

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै आएको सिँचाइ अभावको समस्या समाधान गरिएको छ ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले यहाँ अटोजन (ट्युवेल) बोरिङ जडान गरेपछि स्थानीय किसानलाई सिँचाइ सुविधा उपलब्ध भएको हो । विगतमा सिँचाइको भरपर्दो व्यवस्था नहुँदा खेतबारी बाँझै राख्नुपर्ने बाध्यता थियो । 

४० लाखमा सञ्चालित उक्त योजनामार्फत करिब ६० बिघा जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको छ ।

‘“यसअघि खेतमा सिँचाइ गर्नका लागि किसानले खोला तथा नदीबाट पम्पसेटको सहायताले पानी तान्नुपर्ने अवस्था थियो,’ वडा नं ३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले भने, ‘त्यसका लागि धेरै खर्च लाग्ने भएकाले किसान आर्थिक रूपमा मारमा परेका थिए ।’

स्थानीय किसान मोहन चौधरीले बोरिङ जडान भएपछि सिँचाइका लागि खोला–नदीबाट पानी तान्ने झन्झटिलो प्रक्रियाबाट मुक्ति पाइएको बताए।  बोरिङ जडानले यस क्षेत्रका तीन सय बढी किसान प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका छन् । 
 

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  २ : ०५ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको