साउथ भाइव दिने ‘राम नाम सत्य’को टिजर, पश्चिमेली अवतारमा विराज « Khabarhub

साउथ भाइव दिने ‘राम नाम सत्य’को टिजर, पश्चिमेली अवतारमा विराज


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक विराज भट्ट स्टारर फिल्म ‘राम नाम सत्य’को टिजर बिहीबार सार्वजनिक भएको छ ।

एक्सन जनरामा बनेको ‘राम नाम सत्य’को टिजर हेर्दा साउथ इन्डियन फिल्मको भाइव दिने मेकिङ महसुस हुन्छ । तथापि, फिल्म कस्तो बनेको छ त्यो हेर्न चैत २७ नै कुर्नुपर्ने हुन्छ ।

क्वालिटीको एक्सन र डाइलग डेलिभरी भएको टिजर हेर्न पाएका दर्शकहरू भने उत्साहित देखिन्छ । सुरुवाती समयमा युट्युबमा टिजरले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ ।

टिजरमा नायक विराज भट्ट हावी छन् । उनको एक्सन अवतारमा देखिएका छन् भने उनी पश्चिमेली लवजमा प्रस्तुत भएका छन् ।

टिजरमा अर्का नायक सुशील श्रेष्ठ, नायिकाहरु सुपुष्पा भट्ट र दिव्या रामयमाझीलाई पनि समेटिएका छन् । टिजरमा विराज र दिव्या जोडीको भूमिकामा रहेको देखाइएको छ ।

सुनील थापा र प्रशान्त तामाङ ओजनदार डाइलग डेलिभरीले टिजरलाई थप रोचकता प्रदान गरेको छ ।

डेब्यू नायक आयुससिंह ठकुरीको भूमिका भने टिजरले खुलाएको छैन ।

माइकल इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो फिल्मको उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ । माइकल चन्दकै लेखन र निर्देशनमा फिल्म बनेको हो ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  ५ : ०६ बजे

गाजा व्यवस्थापनका लागि हमासको नयाँ पहल

गाजा– हमासले शुक्रबार गाजा पट्टीको व्यवस्थापन र युद्धविराम सम्झौताको पहिलो

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक

अन्तर्राष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौँ– बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना

काठमाडौँ महानगरभित्र १९ सय सहकारी सञ्चालनमा, ५० प्रतिशतले पनि बुझाउँदैनन् प्रतिवेदन

काठमाडौँ– काठमाडौँ महानगरपालिका (कामपा) भित्र करिब एक हजार ९०० सहकारी

पीडादेखि समाज परिवर्तनको अभियानसम्म, ‘बिर्सिएका नानीहरू’

हेटौँडा– जन्मिँदा त कृष्णजस्तै सुन्दर बाबु भनेर सबैले काखमा बोके,