साउथ भाइव दिने ‘राम नाम सत्य’को टिजर, पश्चिमेली अवतारमा विराज « Khabarhub

साउथ भाइव दिने ‘राम नाम सत्य’को टिजर, पश्चिमेली अवतारमा विराज


२८ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक विराज भट्ट स्टारर फिल्म ‘राम नाम सत्य’को टिजर बिहीबार सार्वजनिक भएको छ ।

एक्सन जनरामा बनेको ‘राम नाम सत्य’को टिजर हेर्दा साउथ इन्डियन फिल्मको भाइव दिने मेकिङ महसुस हुन्छ । तथापि, फिल्म कस्तो बनेको छ त्यो हेर्न चैत २७ नै कुर्नुपर्ने हुन्छ ।

क्वालिटीको एक्सन र डाइलग डेलिभरी भएको टिजर हेर्न पाएका दर्शकहरू भने उत्साहित देखिन्छ । सुरुवाती समयमा युट्युबमा टिजरले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ ।

टिजरमा नायक विराज भट्ट हावी छन् । उनको एक्सन अवतारमा देखिएका छन् भने उनी पश्चिमेली लवजमा प्रस्तुत भएका छन् ।

टिजरमा अर्का नायक सुशील श्रेष्ठ, नायिकाहरु सुपुष्पा भट्ट र दिव्या रामयमाझीलाई पनि समेटिएका छन् । टिजरमा विराज र दिव्या जोडीको भूमिकामा रहेको देखाइएको छ ।

सुनील थापा र प्रशान्त तामाङ ओजनदार डाइलग डेलिभरीले टिजरलाई थप रोचकता प्रदान गरेको छ ।

डेब्यू नायक आयुससिंह ठकुरीको भूमिका भने टिजरले खुलाएको छैन ।

माइकल इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो फिल्मको उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ । माइकल चन्दकै लेखन र निर्देशनमा फिल्म बनेको हो ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  ५ : ०६ बजे

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको