राष्ट्रियसभाका अध्यक्ष दाहालले गरे संसद् भवनको अनुगमन « Khabarhub

राष्ट्रियसभाका अध्यक्ष दाहालले गरे संसद् भवनको अनुगमन


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्माणाधीन सङ्घीय संसद् भवनको अनुगमन गरेका छन् ।

अनुगमनका क्रममा अध्यक्ष दाहालले राष्ट्रियसभा र प्रतिनिधिसभा हलका साथै विभिन्न संरचनाको अवस्थाका बारेमा जानकारी लिएका हुन् । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएसँगै संसद् बैठक बस्ने कक्ष तयार नहुँदा मल्टिपर्पोज हललाई तयार गर्न लागिएको छ ।

अध्यक्ष दाहालले प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहणका लागि बनिरहेको मल्टिपर्पोज हलको प्रगतिका बारेमा जानकारी लिए । सहरी विकास मन्त्रालयका अधिकारीका अनुसार शनिबारसम्म मल्टिपर्पोज हललाई सभाकक्षका रुपमा निर्माण गरिनेछ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक कक्षहरु तयार हुन भने अझै केही समय लाग्ने सहरी विकास मन्त्रालयले जनाएको छ । अनुगमनका क्रममा अध्यक्ष दाहालले नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहण र त्यसपछि प्रतिनिधिसभाको बैठकका लागि सबै तयारी गर्न निर्देशन दिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  ८ : ३१ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह