मतदातालाई गालीगलौज गरेको आरोपमा रवि चुडाल पक्राउ « Khabarhub

मतदातालाई गालीगलौज गरेको आरोपमा रवि चुडाल पक्राउ


२८ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – झापा–५ का मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

उपत्यका अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार झापाका ४५ वर्षीय रवि चुडाललाई बिहीबार काठमाडौँबाट पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत झापा–५ स्थित दमक क्षेत्रका मतदातालाई लक्षित गरी गालीगलौज गरेको आरोपमा उनीविरुद्ध उजुरी परेको थियो । सोही उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदै उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चुडालविरुद्ध यसअघि नै एक महिला पत्रकारलाई गालीगलौज गरेको आरोपमा पनि पक्राउ पुर्जी जारी भइसकेको थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  ८ : ४४ बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत