समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर « Khabarhub

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर


२८ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

निर्वाचन आयोगका अनुसार, प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता थिए । त्यसमध्ये पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक करोड ११ लाख ६८ हजार ३२ जनाले मतदान गरेका थिए । त्यसमध्ये एक करोड पाँच लाख ५९ हजार १७ (९४.५५ प्रतिशत) मत सदर भएको छ ।

त्यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड १२ लाख ८० हजार ६१७ जनाले मतदान गरेका थिए । त्यसमध्ये एक करोड आठ लाख ३५ हजार २५ मत सदर भएको छ ।

समानुपातिकतर्फ चार लाख ४५ हजार ५९२ मत बदर भएको आयोगले जनाएको छ । आयोगले बदर मत रोक्न नमुना मतदान, मतदाता शिक्षा कार्यक्रमको आयोजना गरेको थियो ।

आयोगले समानुपातिकतर्फ निर्वाचित हुने गरी दलले प्राप्त गर्ने सिट संख्या निर्धारण गरी सार्वजनिक गरेको छ । जसअनुसार ६ दलले समानुपातिक सिट पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५७ सिट पाएको छ ।

दोस्रो बनेको कांग्रेसले २० सिट प्राप्त गरेको छ । एमालेले १६ सिट पाएको हो । श्रम संस्कृति र राप्रपाले समान चार/चार सिट पाए ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  १० : ०४ बजे

चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ

‘कलेजी-ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र