समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर « Khabarhub

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

निर्वाचन आयोगका अनुसार, प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता थिए । त्यसमध्ये पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक करोड ११ लाख ६८ हजार ३२ जनाले मतदान गरेका थिए । त्यसमध्ये एक करोड पाँच लाख ५९ हजार १७ (९४.५५ प्रतिशत) मत सदर भएको छ ।

त्यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड १२ लाख ८० हजार ६१७ जनाले मतदान गरेका थिए । त्यसमध्ये एक करोड आठ लाख ३५ हजार २५ मत सदर भएको छ ।

समानुपातिकतर्फ चार लाख ४५ हजार ५९२ मत बदर भएको आयोगले जनाएको छ । आयोगले बदर मत रोक्न नमुना मतदान, मतदाता शिक्षा कार्यक्रमको आयोजना गरेको थियो ।

आयोगले समानुपातिकतर्फ निर्वाचित हुने गरी दलले प्राप्त गर्ने सिट संख्या निर्धारण गरी सार्वजनिक गरेको छ । जसअनुसार ६ दलले समानुपातिक सिट पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५७ सिट पाएको छ ।

दोस्रो बनेको कांग्रेसले २० सिट प्राप्त गरेको छ । एमालेले १६ सिट पाएको हो । श्रम संस्कृति र राप्रपाले समान चार/चार सिट पाए ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  १० : ०४ बजे

निर्मल पुर्जाको स्मृतिमा ठोस काम गर्ने मन्त्री महावीर पुनको प्रतिबद्धता

काठमाडौँ – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले दिवंगत पर्वतारोही

धार्मिक पर्यटकलाई लोभ्याउँदै मकवानपुरको ‘सिसमहल’

बागमती– मकवानपुरको हेटौँडा नगरपालिका वडा नम्बर ५ चिसापानी रङ्गपथस्थित श्री

प्रदेशको अस्थिर राजनीतिले बजेट कार्यान्वयनमा सधैँ समस्या

काठमाडौँ- नेपालले २०७२ मा संविधान जारी गर्दै सङ्घीय शासन प्रणाली

बालेनलाई बाबुरामले दिए चेतावनी- सबैलाई खुसी पार्न खोजे सरकार असफल हुन्छ

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवा बाहुल्य नयाँ सरकारलाई

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल .(इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष