विराट गोल्ड कप फुटबल : झापा–११ सँग आर्मी स्तब्ध « Khabarhub

विराट गोल्ड कप फुटबल : झापा–११ सँग आर्मी स्तब्ध


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मोरङ– विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको उद्घाटन खेलमा झापा–११ विजयी भएको छ ।

विराट गोल्डकप फुटबल ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालाको फ्लड लाइटमा (रात्रिकालीन) नकआउट आधारमा भएको पहिलो खेलमा झापाले नेपाल आर्मीलाई २–१ गोलले पराजित गरेको हो ।

झापाका फागुराम थारूले खेलको १०औँ र ४४औँ मिनेटमा गोल गरेका थिए भने आर्मीका तर्फबाट खेलको २३औँ मिनेटमा नवीन लामाले एक गोल फर्काएका थिए ।

शनिबारको खेलमा उत्कृष्ट बनेका झापाका फागुराम थारूले नगद ११ हजार पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिता आगामी वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपाल र भारतका गरी आठ समूहले सहभागिता जनाएका छन् ।

‘फुटबलको पर्व, विराटनगरको गर्व : विराट गोल्डकप’ नाराका साथ सञ्चालन भइरहेको प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, नेपाल एपीएफ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, सम्राट स्पोर्टिङ क्लब (विराटनगर), झापा–११ फुटबल क्लब र भारत झारखण्डको विर्षामुण्डा फुटबल एकेडेमी सहभागी छन् ।

प्रतियोगिताको विजेता टालीले ११ लाख, उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट प्रशिक्षक, उत्कष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता खेलाडीलाई जनही १५ हजार दिइनेछ । सर्वोकृष्ट खेलाडीलाई ५१ हजार र दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

आजको खेल सशस्त्र प्रहरीको एपीएफ क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ७ : २२ बजे

गायिका आशा भोसले अस्पताल भर्ना : इमर्जेन्सी युनिटमा उपचार हुँदै

मुम्बई- भारतीय सुगम संगीतकी शिखर व्यक्तित्व तथा प्रसिद्ध गायिका आशा

‘कर्णाली उत्सव : कुडा कर्नाली’ सुरु

कर्णाली– ‘कर्णाली उत्सव : कुडा कर्नाली’को सातौँ संस्करण शनिबारदेखि प्रदेश

छैटौँ कटारी गोल्डकप : सिक्किमलाई हराउँदै कटारीको विजयी सुरुवात

उदयपुर– कटारीमा शनिबारदेखि सुरु भएको छैटौँ कटारी अन्तर्राष्ट्रिय आमन्त्रित मेयर

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट

वासिङ्टनको नियतमाथि तेहरानको प्रश्न : इरानको अधिकार स्वीकार गर्न आग्रह

तेहरान – इरानले अमेरिकासँगको शान्ति वार्ताका क्रममा वासिङ्टनलाई ‘अनावश्य माग’