मुम्बई- भारतीय सुगम संगीतकी शिखर व्यक्तित्व तथा प्रसिद्ध गायिका आशा भोसले अस्पताल भर्ना भएकी छन् । ९२ वर्षीया भोसलेको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको हो ।
छातीमा संक्रमण र अत्यधिक थकानका कारण स्वास्थ्य बिग्रिएपछि उनलाई शनिबार अस्पताल पुर्याइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हाल उनको अस्पतालको ‘इमर्जेन्सी मेडिकल युनिट’ उपचार भइरहेको छ ।
९२ वर्षको उमेरमा दिग्गज गायिकाको स्वास्थ्य अवस्था जटिल बनेको खबर बाहिरिएसँगै संगीत क्षेत्रका हस्ती र उनका प्रशंसकमा चिन्ता छाएको छ । सामाजिक सञ्जालमार्फत कलाकर्मी र शुभेच्छुकले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।
अस्पताल स्रोतका अनुसार उनको अवस्था स्थिर रहे पनि चिकित्सकको विशेष निगरानीमा उपचार प्रक्रिया अगाडि बढाइएको छ । सात दशकभन्दा लामो संगीत यात्रामा हजारौँ कालजयी गीत पस्किएकी भोसलेको स्वास्थ्य अपडेटमा उनका फ्यानले विशेष चासो राखेका छन्।













प्रतिक्रिया