इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता « Khabarhub

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तानबाट स्वदेश फर्किएका छन् । इस्लामावादमा आयोजित पत्रकार सम्मेलनमा वार्ता असफल भएको संकेत गर्दै उपराष्ट्रपति भान्स अमेरिकी टोलीसहित वासिङ्टनतर्फ प्रस्थान गरेका हुन् ।

इस्लामावादमा आयोजित संक्षिप्त पत्रकार सम्मेलनमा सञ्चारकर्मीका प्रश्नहरूको उत्तर दिँदै भान्सले वार्ताको औपचारिकता सकिएको र अमेरिकी प्रतिनिधिमण्डल फर्कन लागेको जानकारी दिए । त्यसलगत्तै उनी ‘एयरफोर्स टू’ मार्फत वासिङ्टनका लागि उडेका हुन् ।

यता, वार्ता सकिएपछि इरानी विदेश मन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेको छ । इरानले आफूहरू खुला हृदयका साथ वार्तामा सहभागी भएको दाबी गरे पनि अमेरिकाले राखेका ‘अत्यधिक मागका कारण सहमति हुन नसकेको बताएको छ ।

इरानी विज्ञप्तिमा भनिएको छ, “वार्ताको सफलताका लागि अमेरिकाले आफ्ना गैरकानुनी माग त्याग्नुपर्छ र इरानको वैध अधिकार एवम् हितलाई स्वीकार गर्नुपर्छ ।” मध्यपूर्वमा जारी तनाव र अन्य द्विपक्षीय मुद्दा सुल्झाउन भएको यो वार्ता विना निष्कर्ष टुङ्गिएपछि यस क्षेत्रको सुरक्षा चासो थप बढेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  १० : १५ बजे

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त