इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता « Khabarhub

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तानबाट स्वदेश फर्किएका छन् । इस्लामावादमा आयोजित पत्रकार सम्मेलनमा वार्ता असफल भएको संकेत गर्दै उपराष्ट्रपति भान्स अमेरिकी टोलीसहित वासिङ्टनतर्फ प्रस्थान गरेका हुन् ।

इस्लामावादमा आयोजित संक्षिप्त पत्रकार सम्मेलनमा सञ्चारकर्मीका प्रश्नहरूको उत्तर दिँदै भान्सले वार्ताको औपचारिकता सकिएको र अमेरिकी प्रतिनिधिमण्डल फर्कन लागेको जानकारी दिए । त्यसलगत्तै उनी ‘एयरफोर्स टू’ मार्फत वासिङ्टनका लागि उडेका हुन् ।

यता, वार्ता सकिएपछि इरानी विदेश मन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेको छ । इरानले आफूहरू खुला हृदयका साथ वार्तामा सहभागी भएको दाबी गरे पनि अमेरिकाले राखेका ‘अत्यधिक मागका कारण सहमति हुन नसकेको बताएको छ ।

इरानी विज्ञप्तिमा भनिएको छ, “वार्ताको सफलताका लागि अमेरिकाले आफ्ना गैरकानुनी माग त्याग्नुपर्छ र इरानको वैध अधिकार एवम् हितलाई स्वीकार गर्नुपर्छ ।” मध्यपूर्वमा जारी तनाव र अन्य द्विपक्षीय मुद्दा सुल्झाउन भएको यो वार्ता विना निष्कर्ष टुङ्गिएपछि यस क्षेत्रको सुरक्षा चासो थप बढेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  १० : १५ बजे

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२