इरान-अमेरिका वार्ता निष्कर्षविहीन, लेबनानमा रोकिएन इजरायली बम आक्रमण, कयौँ घाइते « Khabarhub

इरान-अमेरिका वार्ता निष्कर्षविहीन, लेबनानमा रोकिएन इजरायली बम आक्रमण, कयौँ घाइते


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानमा इरान र अमेरिकाबीच शान्ति प्रयासका लागि भएको वार्ता निष्कर्षविहीन टुंगिएको छ।

२१ घण्टाभन्दा बढी चलेको वार्तामा होर्मुज जलडमरूमध्य खोल्ने विषय र इरानको परमाणु कार्यक्रम मुख्य विवादका रूपमा देखिएको छ।

अमेरिकी उपराष्ट्रपति जेडी भेन्स वार्तापछि आफ्नो टोलीसहित अमेरिका फर्किएका छन्। फर्कनुअघि उनले पत्रकार सम्मेलन गर्दै अमेरिका कुनै सम्झौताविनै फर्किएको बताएका छन्। उनका अनुसार यो अवस्था अमेरिकाभन्दा बढी इरानका लागि ‘नराम्रो खबर’ हो।

भेन्सले भने, ‘कुनै पनि सम्झौताको लागि इरानले परमाणु हतियार नबनाउने प्रतिबद्धता गर्नुपर्छ। अमेरिकाका सर्त स्पष्ट थिए, तर इरानले स्वीकार गरेन ।’

उनले अगाडि थपे, ‘हामी उत्कृष्ट प्रस्ताव दिएर फर्किएका छौं, अब इरानले यसलाई स्वीकार गर्छ कि गर्दैन हेर्न बाँकी छ।’

वार्ताकै बीच लेबनानमा इजरायली आक्रमण तीव्र

अल जजीराका अनुसार वार्ताकै क्रममा इजरायलले दक्षिण लेबनानमा रातभर घातक आक्रमण जारी राखेको छ।

इजरायली लडाकु विमानहरूले दुई बस्तीमा हवाई हमला गरे । अर्को क्षेत्रमा तोपबाट गोलाबारी गरिएको थियो।

मारुब क्षेत्रमा एक घरमा भएको हमलामा एउटै परिवारका ७ भन्दा बढी सदस्य प्रभावित भएका छन् ।
जसमा केहीको मृत्यु र धेरै घाइते भएको जनाइएको छ। आइतबार बिहानसम्म विभिन्न स्थानमा आक्रमण जारी रहेको खबर छ।

इजरायलले मार्चको सुरुवातदेखि दक्षिणी लेबनानमा हिज्बुल्लाह विरुद्ध अभियान सुरु गरेको हो।

इरान समर्थित हिज्बुल्लाहले अमेरिका–इजराइलद्वारा इरानमाथि भएका आक्रमणको जवाफस्वरूप रकेट प्रहार गरेपछि यो कारबाही सुरु भएको बताइएको छ।

इजरायली सेनाले दक्षिणी लेबनानको जोया क्षेत्रमा आक्रमणको तयारीमा रहेको रकेट लन्चर नष्ट गरेको दाबी गरेको छ।

इरानमा बालबालिकासहित हजारौं घाइते

इरानको आपतकालीन विभाग प्रमुख जाफर मियादफर का अनुसार अमेरिका र इजराइलका आक्रमणमा १८ वर्षमुनिका करिब २,११५ बालबालिका घाइते भएका छन्।

मेहर न्यूज एजेन्सीका अनुसार घाइतेमध्ये १२४ जना ५ वर्षमुनिका र २४ जना २ वर्षमुनिका बालबालिका रहेका छन्। यसका साथै करिब ५ हजार महिलासमेत घाइते भएका छन्।

तेहरान, खुजेस्तान, लोरेस्तान, इस्फहान, केरमानशाह र इलाम प्रान्तहरूमा सबैभन्दा बढी आक्रमण भएको बताइएको छ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  २ : १० बजे

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा छानिने

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधि सभा संसदीय दलको नेता आगामी वैशाख

मल आपूर्ति सुनिश्चित गर्नुपर्ने माग

काठमाडौं– अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) ले मल आपूर्ति

बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद

दशरथचन्द– बैतडीमा २१ लाख रुपैयाँ बढीका अवैध सामान बरामद गरिएको छ

नेता मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा

काठमाडौं– वामनेता विष्णुबहादुर मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा आएको छ । 

कम्बोडियाद्वारा थाइल्यान्डलाई वार्ता गर्न आग्रह

न्होम्पेन- लामो समयदेखि विवादित रहँदै आएको सीमाक्षेत्रमा पुनः तनाव बढिरहँदा