काठमाडौं– पछिल्लो समय खाडी क्षेत्रमा युद्ध चर्किएसँगै दक्षिण एसियाली देशहरूमा इन्धन संकटको बढ्दै गएको छ। युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीमा प्रभाव परेसँगै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ ।
जसका कारण नेपाल सरकारले पनि पेट्रोलियम पदार्थको मितव्यी प्रयोगको विकल्पको रुपमा शनिबार र आइतबार बिदा दिने निर्णय लिएको छ ।
यसरी आइतबार पनि बिदा दिने सरकारी निर्णयसँगै काठमाडौँको बसन्तपुर दरबार स्क्वायर क्षेत्र गुलजार भएको छ ।
प्राय: शनिबार सर्वसाधारणको बाक्लो भीड लाग्न धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थल वसन्तपुर दरबार स्क्वायरमा आज आइतबार पनि मानिसहरूको बाक्लो भीड लागेको छ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी























प्रतिक्रिया