‘इस्लामाबाद वार्तापछि पाकिस्तान विश्वसनीय शान्ति मध्यस्थका रूपमा उभियो’ « Khabarhub

‘इस्लामाबाद वार्तापछि पाकिस्तान विश्वसनीय शान्ति मध्यस्थका रूपमा उभियो’


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- इरान र अमेरिकालाई एकै टेबलमा राखेर वार्ता गराउन सफल भएपछि पाकिस्तानको विश्वभर चर्चा हुन थालेको छ।

पाकिस्तानभित्रै पनि नेताहरूले आफ्नो भूमि विश्वासिलो मध्यस्थकर्ताका रुपमा उभिएको दाबी गरेका छन्।

पञ्जाब प्रदेशकी वरिष्ठ मन्त्री मरियम औरङ्गजेबले इस्लामाबादमा भएको वार्तापछि पाकिस्तान विश्व मञ्चमा ‘विश्वसनीय शान्ति मध्यस्थ’का रूपमा स्थापित भएको दाबी गरेकी छन्।

सामाजिक सञ्जालमार्फत् उनले प्रधानमन्त्री शहबाज शरीफ, सेना प्रमुख असिम मुनीर र उपप्रधान तथा विदेशमन्त्री इशाक डारको भूमिकाको प्रशंसा गरेकी छन्।

उनले भनिन्, ‘इस्लामाबाद वार्ता इतिहासमा अंकित हुने ऐतिहासिक क्षण हो।’ यसका साथै, उक्त वार्ताले पाकिस्तानको आतिथ्यता, व्यावसायिकता र अन्तर्राष्ट्रियस्तरमा यसको प्रभाव बढाएको पनि उनले उल्लेख गरिन्।

इरानी संसद् अध्यक्षद्वारा प्रशंसा

इरानको संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबाफले पनि अमेरिकासँगको वार्ता सहज बनाउन सहयोग गरेकोमा पाकिस्तानप्रति आभार व्यक्त गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेख्दै भने, ‘हाम्रा मित्रवत् र भ्रातृ राष्ट्र पाकिस्तानले वार्ता सहज बनाउन गरेको प्रयासप्रति म आभारी छु र पाकिस्तानका जनताप्रति सम्मान व्यक्त गर्दछु।’

अमेरिकाले जित्न सकेन इरानको विश्वास

उता उनै गालिबाफले वार्ताबारे प्रतिक्रिया दिँदै अमेरिकाले इरानको विश्वास जित्न असफल भएको बताएका छन्।

उनले वार्ताअघि नै इरानतर्फबाट सद्भाव र इच्छाशक्ति देखाइए पनि विगतका दुई युद्धको अनुभवका कारण विश्वासको कमी रहेको बताए।

उनले थपे, ‘इरानी टोलीले सकारात्मक पहलहरू अघि सारे पनि अन्ततः अमेरिकी पक्ष इरानी प्रतिनिधिमण्डलको विश्वास जित्न सकेन।’

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ४ : ३१ बजे

लागूऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

भरतपुर– गृहमन्त्री सुधन गुरुङले लागूऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम

सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’

काठमाडौं– सरकारी कार्यालयमा दर्ता भएका, सुरुआती टिप्पणीलगायत फाइल विभिन्न तह

श्रमदानमार्फत पर्यटकीयस्थल जोड्ने सडक मर्मत गरिँदै

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडकअन्तर्गत लुलिया

देवचुलीका उद्योगको दूषित पानीले गैंडालाई समस्या, स्थानीयले गुहारे गृहमन्त्रीलाई

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ नवलपुरको देवचुली क्षेत्रमा पुगेका छन्। त्यहाँ

दुई दिने सार्वजनिक बिदाबीच आइतबार पनि स्वास्थ्य सेवा सञ्चालन गर्न मन्त्रालयको आग्रह

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई दिने सार्वजनिक बिदा लागूको