आमसञ्चार विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाइयो « Khabarhub

आमसञ्चार विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाइयो


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको छ । 

आज बसेको प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले उक्त विधेयकलाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइयोस् भनी प्रस्ताव पेस गरेकामा उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भयो । 

यस्तै, ‘सुदूरपश्चिम प्रदेश जीवनाषक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई पनि दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको छ । मन्त्री सार्कीले पेस गरेको उक्त प्रस्ताव पनि बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । 
  
यस्तै, प्रदेशसभाअन्तर्गतका दुई विषयगत समितिमा रहेका सदस्यहरू हेरफेर गरिएको नामावलीसम्बन्धी प्रस्तावलाई पनि बैठकले स्वीकृत गरेको छ ।

सभामुख भीमबहादुर भण्डारीले निर्णयार्थ पेस गरेको उक्त प्रस्ताव बैठकले स्वीकृत गरेको हो । त्यसअनुसार प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवालाई सार्वजनिक लेखा समितिबाट सामाजिक विकास समिति र खुशीराम डगौरालाई सामाजिक विकास समितिबाट सार्वजनिक लेखा समितिमा हेरफेर गरिएको छ ।  

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ४ : ३६ बजे

लागूऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

भरतपुर– गृहमन्त्री सुधन गुरुङले लागूऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम

सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’

काठमाडौं– सरकारी कार्यालयमा दर्ता भएका, सुरुआती टिप्पणीलगायत फाइल विभिन्न तह

श्रमदानमार्फत पर्यटकीयस्थल जोड्ने सडक मर्मत गरिँदै

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडकअन्तर्गत लुलिया

देवचुलीका उद्योगको दूषित पानीले गैंडालाई समस्या, स्थानीयले गुहारे गृहमन्त्रीलाई

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ नवलपुरको देवचुली क्षेत्रमा पुगेका छन्। त्यहाँ

दुई दिने सार्वजनिक बिदाबीच आइतबार पनि स्वास्थ्य सेवा सञ्चालन गर्न मन्त्रालयको आग्रह

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई दिने सार्वजनिक बिदा लागूको